अन्तरजातीय विवाह गरेपछि बेपत्ता विक सकुशल भेटिए « Khabarhub

अन्तरजातीय विवाह गरेपछि बेपत्ता विक सकुशल भेटिए


७ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला – अन्तरजातीय विवाह गरेपछि बेपत्ता पारिएका चन्द्रे विक सकुशल भेटिएका छन् । खार्पुनाथ गाउँमा भेटिएका चन्द्रलाई सदरमुकाम ल्याउने तयारी भइरहेको छ ।

हुम्लाको सर्केगाड गाउँपालिका–१ जैर गाउँका चन्द्रले ५ मंसिरमा मुगुको सोरु गाउँपालिका–४ की सुन्तली मल्लसँग विवाह गरेका थिए ।

माइती पक्षले २९ मंसिर राती चन्द्रेको घरै पुगेर दुबै जनालाई कुटपिट गर्दै लिएर गएका थिए । छोरा बेपत्ता भएपछि उनका आमाबुवाले प्रहरीमा उजुरी दिएका थिए ।

युवती माइती घरमै भेटिए पनि युवक एक सातादेखि बेपत्ता थिए । जिल्ला प्रहरी कार्यालय हुम्लाबाट खटिएको ३५ टोलीले चन्द्रेलाई गएराती खार्पुनाथ गाउँपालिकामा फेला पारेको हो ।

युवतीका परिवारले मारिदिने र बाल विवाहको मुद्दा लगाएर जेल हाल्ने धम्की दिएका कारण आफू लुकेर बसेको चन्द्रेले बताएका छन् ।

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  १० : ०९ बजे

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ