ए डिभिजन लिग : निर्णायक भिडन्तमा मनाङ र मछिन्द्र | Khabarhub Khabarhub

ए डिभिजन लिग : निर्णायक भिडन्तमा मनाङ र मछिन्द्र


७ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नियमित र वार्षिक तालिका नहुँदा यसपटक सहिद स्मारक ‘ए’ डिभिजन लिग ढिला हुन पुग्यो ।

कोरोना महामारी बहाना पनि बन्यो । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आफ्नो वार्षिक तालिका सार्वजनिक गर्न नसक्दा घरेलु प्रतियोगिताहरू लथालिंग हुने गर्दछ । अहिले यस्तै भएको छ । त्यो पनि सहिद स्मारक ‘ए’ डिभिजन लिग ।

शीर्ष डिभिजनको लिगमा भर्खरै पाँचौ चरणको खेल सकिएको छ । आगामी शुक्रबारबाट छैटौं चरणको खेल हुँदैछ । यसपटक सातौँ चरणको खेलपछि शीर्ष टोलीले एएफसी कप खेल्न पाउने छ । कारण, समयमै प्रतियोगिता नहुनु ।

अघिल्ला वर्षहरूमा लिग सकिएपछि शीर्षस्थानमा रहने टोलीले एएफसीको प्रतियोगिता खेल्ने गर्दथ्यो । तर यसपटक त्यस्तो भए । लिग चलिरहँदा सातौ चरणमा शीर्षस्थानमा हुने टोलीले एएफसी प्रतियोगिता खेल्ने भयो । यो भनेको लिग जित्ने टोलीको एएफसीबाट ठूलो मात्रामा अनुदान पाउनु हो । यता, लिग जित्नेले मात्र इतिहासमा नाम खेलाउने छ । बाँकी पुरस्कार राशि (७५ लाख) त पाउने नै भयो ।

जारी लिगमा को एएफसी कप खेल्न छनोट हुने ? भन्ने प्रतिस्पर्धा छ । एएफसीको प्रतियोगिता खेल्न एएफसी लाइसेन्स अनिवार्य हुनुपर्छ । यस वर्षको लागि साविक विजेता मछिन्द्र फुटबल क्लब, उपविजेता त्रिभुवन आर्मी फुटबल क्लब, कीर्तिमानी आठौंपटक विजेता मनाङ मर्स्याङ्दी क्लब र विभागीय टोली एपीएफ फुटबल क्लबसँग लाइसेन्स छ । जुन वर्षेनी नवीकरण हुने गर्दछ ।

जारी लिगमा एएफसी लाइसेन्स पाएका क्लबबाहेक अन्य क्लब शीर्षस्थानमा भए पनि त्यसपछि तालिमा रहने टोलीले छनोटमा स्थान बनाउनेछ ।

पाँचौँ चरणका खेल सकिँदा मनाङले २ अंकको अग्रता राख्दै शीर्षस्थानमा कायम राखेको छ । त्यसलाई पछ्याएको मछिन्द्र ११ अंकसहित दोस्रो स्थानमा छ । यता, पछिल्लो खेलमा लय समातेको आर्मी ९ अंकसहित तेस्रो स्थानमा छ ।

पहिलोपटक घरेलु मैदान पोखरामा लिग खेलेको मनाङ विभागीय टोली पुलिसलाई ३-१ ले पराजित गर्दै गत शनिबार शीर्षस्थानमा फर्कियो । काठमाडौंमा संकटासँग मछिन्द्र गोलरहित बराबरीमा रोकिएसँगै मनाङलाई शीर्षस्थानको अवसर थियो । यता, आर्मीलाईसमेत पाँचौ चरणमा नवप्रवेशी सातदोबाटोसँग तीन अंक खोस्दै अंक दूरी घटाउने अवसर थियो । तर आर्मी अंक बाढ्न बाध्य भयो ।

अब, छैटौं चरणमा मनाङ र मछिन्द्र भिड्दैछन् । यही खेलले एएफसी छनोटमा स्थान बनाउने टोलीको निर्णय गर्नेछ । दुवै टोलीका लागि यो खेल निर्णायक हुनेछ । यो खेलमा जित हात पार्ने क्लबले शीर्षस्थानमा आफ्नो कब्जा जमाउनेछ ।

मनाङले जितेमा उसको शीर्षस्थानमा ५ अंकको अग्रता हुनेछ । हारेमा भने मछिन्द्रले १ अंकको अग्रता बनाउनेछ । यदि यो खेल बराबरीमा गए मछिन्द्रको सम्भावना कम हुँदा मनाङको सम्भावना बलियो हुन्छ छ ।

मनाङ र मछिन्द्र बराबरी खेल्दा यसको फाइदा अर्काे विभागीय टोली आर्मीले लिन सक्छ । ९ अंक भएको आर्मी थ्रीस्टारविरुद्ध खेल्दैछ । खराब लयमा रहेको थ्रीस्टारविरुद्धको जितले आर्मीलाई समेत छनोटको होडमा लैजानेछ ।

यता, निर्णायक खेल रहनेछ सातौ चरण । सातौ चरणमा मनाङले सहज प्रतिद्वन्द्वी ब्रिगेड ब्वाइज क्लब (बीबीसी)सँग खेल्दैछ भने मछिन्द्रले बलियो विभागीय टोली नेपाल पुलिसको सामना गर्नेछ ।

गत सिजन मनाङबाट आधा दर्जनभन्दा बढी राष्ट्रिय खेलाडी मछिन्द्र गएपछि मछिन्द्रले ऐतिहासिक लिगको उपाधि हात पारेको थियो । तर दुई टोलीबीच दशरथ रंगशालामा भएको खेल २-२ को बराबरीमा सकिएपछि मैदानभित्र खेलाडी हानाहानको अवस्थामा पुगेका थिए । यसमा संलग्न दुबै टोलीका तीन तीन खेलाडीलाई एन्फाले जरिवानासहित केही खेलमा प्रतिबन्ध लगाएको थियो । यस्तै दुवै टोलीलाई एन्फाले ५०-५० हजार रुपैयाँ जरिवाना तोक्यो ।

यता, शीर्षस्थान र एएफसी छनोटको होडबाजी चलिरहँदा रेलिगेसन जोनबाट बच्नसमेत होडबाजी चलिरहेको छ । २ अंकसहित फ्रेन्ड्स पुछारमा छ भने समान ४ अंकका एपीएफ फुटबल क्लब, जावलाखेल युथ र च्यासल युथ क्लब रेलिगेसनबाट बच्न प्रयत्न गरिरहेका छन् ।

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  १२ : ४० बजे

हेटौँडाको न्यायिक समितिमा एक वर्षमा १४३ उजुरी फर्छ्यौट

बागमती– हेटौँडा उपमहानगरपालिकामा गठन भएको न्यायिक समितिले एक वर्षमा १४३

मापदण्डविपरीत सञ्चालित उद्योगलाई कारबाही

सिरहा– लहानमा मापदण्डविपरीत सञ्चालन भएका पिउने पानी प्रशोधन उद्योग कारबाहीमा

सन्तान बेवारिसे छोड्ने घटनाले जन्माएको प्रश्न- दोषीलाई कानूनले किन चिन्दैन ?

काठमाडौं – एक किशोरीले आफू बेपत्ता भएको १४ वर्षपछि आफ्नो

भूकम्पपछि रुसको कुरिल द्वीपसमूहमा सुनामी

काठमाडौं– प्रशान्त महासागरमा आएको शक्तिशाली भूकम्पपछि बुधबार बिहान रुसको उत्तरपूर्वी

बागमती प्रदेश कांग्रेस संसदीय दलको नेता चयनका लागि आज मतदान हुँदै

हेटौँडा– नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता चयनका लागि