ज्याकलिन र सुकेशको वेब सिरिजमा निर्माताको चासो « Khabarhub

ज्याकलिन र सुकेशको वेब सिरिजमा निर्माताको चासो


७ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– हालका दिनमा अभिनेत्री ज्याकलिन फर्नान्डिज र महाठग सुकेश चन्द्रशेखरको चर्चा बलिउडमा निकै छ । सुकेशसँग ज्याकलिनको रोमान्टिक तस्वीर भाइरल भएकै कारण ज्याकलिनमाथि तनाव बढेको छ ।

यो विषयमा जाँच एजेन्सी इडीले ज्याकलिनमाथि कैयौंपटक सोधपुछ गरिसकेको छ र ज्याकलिन हरेक पटक सुकेशसँगको सम्बन्धलाई कुनै न कुनै प्रकारले अस्वीकार गरिरहेकी छन् । यो घटनाले फिल्म निर्मातालाई प्रभावित बनाएको छ ।

निर्माताहरुलाई यसको कथा र प्लट राम्रो लागेको छ । कैयौं निर्माता तथा निर्देशकहरु यो घटनाको विषयमा एक वेब सिरिज वा वृत्तचित्र बनाउने तयारीमा छन् । यो विषयमा धेरै जानकारी बाहिर नआए पनि एक महाठगले अभिनेत्रीलाई फसाउन खोजेको विषयमा जोकोहीको चासो बढेको छ ।

सुकेशले ज्याकलिनलाई साथी बनाउदै उनलाई २ सय करोड रुपैंयाँको सुपरहिरो वेब सिरिजमा प्रमुख भूमिका दिने वचन दिएका थिए । ज्याकलिनले फिल्ममा अफर नपाएको र यसले उसलाई तनाव दिइरहेको सुकेशले थाहा पाएपछि उनले वेब सिरिजको प्रस्ताव राखेका थिए ।

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  १२ : ३४ बजे

‘स्ट्रेट अफ होर्मुज’ खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहारन- ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको सातदिने

सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै

भोजपुर- नयाँ पुस्तामा परम्परागत सीपप्रति चासो घट्दै गएपछि भोजपुरका गाउँघरमा

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने