दुई वर्षमा बनिसक्नुपर्ने देवघाट शवदाह गृहको काम तीन वर्षमा १५ प्रतिशत मात्रै « Khabarhub

दुई वर्षमा बनिसक्नुपर्ने देवघाट शवदाह गृहको काम तीन वर्षमा १५ प्रतिशत मात्रै


७ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- दुई वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने देवघाटस्थित विद्युतीय शवदाह गृहको काम तीन वर्षमा १५ प्रतिशत मात्रै भएको छ ।

शवदाह गृहको निर्माण सम्झौता अवधि ३ माघ २०७७ मै सकिएको हो । त्यतिबेला भौतिक प्रगति १० प्रतिशत थियो । त्यसयता हालसम्म शवदाह गृहको भौतिक प्रगति १५ प्रतिशत मात्रै पुगेको छ ।

शवदाह निर्माण गर्ने जिम्मा पाएको मिलिनियम सिद्धगढी जेभीले कहिले कोरोना महामारी त कहिले बाढीले क्षति पुर्‍याएको भनी समय माग्यो । सरकारी निकाय सघन सहरी तथा भवन निर्माण आयोजना चितवनले पनि उसले मागेअनुसार म्याद थप गर्दै गयो । आयोजनाले दिएको अन्तिम म्याद आगामी चैतमा सकिँदै छ ।

तर, चैतसम्ममा पनि शवदाह गृह निर्माण सम्पन्न हुनेमा आयोजना प्रमुख नै विश्वस्त छैनन् । एक महिनाभित्र कामको प्रगति सन्तोषजनक नभए ठेक्का तोड्ने तयारी भएको सघन सहरी तथा भवन निर्माण आयोजना चितवनका प्रमुख प्रकाश अर्यालले बताए ।

‘छिटो काम सक्नलाई हामीले दबाब र ताकेता गरिरहेका छौँ । एक महिनाभित्रको कामको प्रगति सन्तोषजनक नभए ठेक्का तोड्छौँ’, उनले भने । दैनिक ३० जनाभन्दा बढी कामदार खटाएर एक महिनाभित्र स्ल्याब ढलानको तयारी नगरे काम सन्तोषजनक नमानिने उनले बताए । अहिलै ठेकेदारले दैनिक १३ जना मात्रै कामदार फिल्डमा खटाएको छ ।

शवदाह गृहको टाइविमको काम सकेर पिलरको काम सुरु भएको छ । ठेकेदारले गएको जेठमा शवदाह गृहको जग खनेको थियो । जग खनेर सोलिङ गरेपछि बाढीले पुर्‍यो । बर्खामा बाढी आउँछ भन्ने थाहा पाउँदापाउँदै पनि ठेकेदारको आफ्नै ढिलासुस्तीले गर्दा बाढी पसेको अर्याल बताउँछन् ।

शवदाह गृह निर्माणमा चरम ढिलासुस्ती भएपछि सहरी विकास तथा भवन निर्माण विभागले गएको मंसिरमा आयोजनालाई स्पष्टीकरण सोधेको थियो ।

शवदाह गृहको निर्माण सुरु भएपछि कोभिड-१९ को पहिलो र दोस्रो लहरका कारण कामदार फिल्डसम्म जान नसकेको, बाढीले रिटेनिङ वालमा क्षति पुर्‍याएको र निर्माण व्यवसायीले समयमै जगको काम गर्न नसक्दा बाढीले क्षति पुर्‍याएको भनी आयोजनाले जवाफ दिएको थियो ।

ठेकेदारले लग्यो दुईपटकको भुक्तानी

शवदाह गृह निर्माणमा ढिलासुस्ती गर्दै आएको ठेकेदार कम्पनीले दुईपटक भुक्तानी लिइसकेको छ । दुईपटकमा डेढ करोड रुपैयाँ लगिसकेको आयोजना प्रमुख अर्यालले बताए । पेस्कीसमेत गर्दा ठेकेदारले दुई करोडभन्दा बढी रकम लगिसकेको छ ।

दुई वर्षभित्र शवदाह गृह निर्माण सम्पन्न गर्नेगरी ११ करोड २१ लाख आठ हजार ६४१ रुपैयाँमा ठेकेदारसँग सम्झौता भएको थियो । बाढीले क्षति पुर्‍याएपछि गएको असारदेखि मात्रै ठेकेदारले काम थालेको उनले बताए ।

पवित्र धार्मिकस्थल देवघाटमा चार कठ्ठा जमिनमा विद्युतीय शवदाह गृह बनाउन लागिएको हो । देवघाटमा दैनिक औसत १२ जनाको शव दाहसंस्कार गर्ने गरिएको छ । शवदाह गृह निर्माण भएपछि शव जलाउन छिटो र सहज हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  १ : २५ बजे

झापा–४ मा पुराना र नयाँ राजनीतिक शक्तिको परीक्षण हुँदै

सुरुङ्गा– हुलाकी राजमार्गअन्तर्गत झापा गाउँपालिका–२ र गौरीगञ्ज गाउँपालिका–१ जोड्ने कन्काई

सर्वोच्चको आदेश कार्यान्वयन माग्दै विगेसोको माइतिघरमा प्रदर्शन

काठमाडौं – ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संगठन (विगेसो) ले सर्वोच्च

अमेरिका–भारत अन्तरिम व्यापार सम्झौताको घोषणा

एजेन्सी– संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतका प्रधानमन्त्री

टी-२० विश्वकपको पहिलो खेलमा नेदरल्याण्ड्सविरुद्ध पाकिस्तान तीन विकेटले विजयी

काठमाडौं- आईसीसी टी-२० विश्वकप अन्तर्गत पहिलो खेलमा पाकिस्तानले नेदरल्याण्ड्सलाई तीन

इस्लामाबादको मस्जिदमा विस्फोट : मृत्यु हुनेको सङ्ख्या ३१ पुग्यो

एजेन्सी– इस्लामावादको एक शिया मस्जिदमा इस्लामिक स्टेट समूह (आईएस) ले दावी