संसद शुरू हुनासाथ आज पनि एमालेको विरोध (भिडियोसहित) « Khabarhub

संसद शुरू हुनासाथ आज पनि एमालेको विरोध (भिडियोसहित)


७ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रतिनिधिसभाको बैठक शुरू हुनासाथ आज पनि विरोध गरेको छ ।

सदाझैँ प्रतिपक्षी दल एमालेका सांसदले रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरेका हुन् ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठक अवरुद्ध नगरी सदनको कामकारबाही अघि बढाउन आग्रह गरेका छन् । तर, पनि एमाले सांसदले नारावाजी गरिरहेका हुन् ।

सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउन नपाउँदै एमाले सांसदले विरोध गरिरहेका छन् ।

एमालेको विरोधकाबिच सभामुख सापकोटाले प्रधानमन्त्री शेरबहादुर देउवालाई नै रक्षामन्त्रीको जिम्मेवारी तोक्ने गरी कार्यभार दिइएको पत्र पढेर सुनाएका छन् ।

संसद् भवन नयाँ बानेश्वरमा जारी बैठकमा एमालेको विरोधकाबीच अहिले विभिन्न अध्यादेशहरू स्वीकृतिका पेस भइरहेका छन् ।

संसदको कार्यसूचीमा गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय), ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ तथा ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले ‘रेल्वे अध्यादेश, २०७८ पेस गर्ने उल्लेख छ ।

नेकपा (एमाले) ले आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदको कारबाही प्रक्रिया अघि बढाउन माग गर्दै संसदमा अवरोध गर्दै आएको छ ।

 

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  १ : १३ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल