मुक्तिनाथ विकास बैंकको उत्कृष्ट बचत खातामा दुर्घटना बीमा, मासिक ब्याजसहित अन्य नि:शुल्क सुविधा « Khabarhub

मुक्तिनाथ विकास बैंकको उत्कृष्ट बचत खातामा दुर्घटना बीमा, मासिक ब्याजसहित अन्य नि:शुल्क सुविधा


७ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ उत्कृष्ट बचत खाता’ योजना सञ्चालनमा ल्याएको छ ।

बैंकले ग्राहकको सर्वोपरी हितलाई ध्यानमा राख्दै निक्षेपकर्तालाई लाभदायी बचत खाताको सुविधा ल्याएको जनाएको छ । यो योजनाअन्तर्गत ग्राहकले सर्वाधिक ब्याजदर प्राप्त गर्नेछन् भने दश लाखको दुर्घटना मृत्यु तथा अशक्तता बीमा सुविधा भएको मासिक ब्याज आर्जन गर्नेछन् ।

बैंकका अनुसार यो योजनाअन्तर्गत रु १० हजारको न्यूनतम मौज्दातमा ग्राहकले उत्कृष्ट बचत खाता खोल्न सक्नेछन् ।

यस बचत खातामा ग्राहकले वार्षिक ५.५० प्रतिशतका दरले मासिक रुपमा ब्याज पाउने बैंकले जनाएको छ । साथै बैंकले एक वर्षसम्म निःशुल्क भिसा डेबिड कार्ड र हरेक वर्ष मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रदान गर्ने जनाएको छ ।

यसबाट ग्राहकले ठूलो लाभ लिनसक्ने बैंकले जनाएको छ ।

साथै एटीएम कार्डको प्रयोग गरी नेपालभरका भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रुपमा रकम निकाल्न सकिने बैंकले जनाएको छ ।

 

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  २ : ४२ बजे

विभिन्न जिल्लामा सवारी दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं – देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ६

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का