पर्वतमा नदीजन्य पदार्थ उत्खननमा रोक, मजदुर आन्दोलित « Khabarhub

पर्वतमा नदीजन्य पदार्थ उत्खननमा रोक, मजदुर आन्दोलित


७ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत- पर्वतको कुश्मा नगरपालिका– १ मालढुङ्गास्थित कालीगण्डकी नदी किनारका मजदुरले कालीगण्डकीबाट बालुवा निकाल्न पाउनुपर्ने माग गरेका छन् ।

नदीजन्य पदार्थ उत्खननमा प्रशासनले रोक लगाएपछि उनीहरु आन्दोलित बनेका हुन् ।

मजदुरले कुश्मा नगरपालिका र जिल्ला प्रशासन कार्यालयसँग नदीजन्य पदार्थ उत्खनन् गर्न दिन माग गरेका हुन् । सङ्घर्ष समिति बनाएर आन्दोलनरत मजदुरले जिल्ला प्रशासन कार्यालय र नगरपालिकामा ज्ञापनपत्रसमेत बुझाएका छन् ।

सर्वोच्च अदालतले केही समयअघि नदीजन्य वस्तु एस्काभेटर लगाएर दोहन गर्न नपाउने गरी अन्तरिम आदेश दिएको थियो । उक्त आदेशकै कारण प्रशासन र नगरपालिकाले खनीखोस्री गरेका मजदुरलाई पनि अवरोध गरेको मजदुरको गुनासो छ ।

मजदुरलाई बेरोजगार बनाएर काम गर्न नदिएको भन्दै कि अर्को काम चाहियो, कि भने बालुवा झिक्न पाउनुपर्‍यो भन्दै उनीहरुले नगरपालिकामा ज्ञापन बुझाएका हुन् ।

उनीहरुले आफ्नो जीवनको सुरक्षासमेत गरिदिन आग्रह गरे । नदीमा एस्काभेटर लगाएर बालुवा झिक्दा नदीको बहावै फेरिएको भन्दै विवाद आउने गरेको थियो । ठेकेदारले नदी दोहन गरेको विषयमा अदालतमा मुद्दासमेत परेको थियो । तर यसअघिका उच्च अदालतका आदेश पालना भएका थिएनन् ।

प्रशासनले रोक लगाएपछि पर्वत र बागलुङतर्फ समेत उत्खनन रोकिएको छ । मजदुरले भने रोक लगाएकै भए पनि डोजरलाई हुनुपर्ने भन्दै खनीखोस्री गरेर घर तथा अन्य निर्माणका लागि सामग्री तयार गर्ने काममा रोक लगाउँदा मजदुरको दैनिकी मात्र नभई घर बनाउन चाहनेका लागि पनि समस्या भएको बताएका छन् ।

बालुवाका भरमा परिवार पाल्दै आएका कमला थापाले आफ्नो रोजीरोटी खोसिएको गुनासो गरेका छन् । उनले नदीको बालुवामा आश्रित  परिवार भोकभोकै भएको सुनाए ।

मालढुङ्गाका अप्सरा विक र दानमती माझीले पनि बालुवा झिकेर बिहान बेलुकाको छाक टार्दै आएका छन् । स्थानीय सरकार र जिल्ला प्रशासनले मजदुरलाई कि बालुवा निकाल्न दिनुपर्ने कि वैकल्पिक रोजगारी दिनुपर्ने माग गरिएको माझी र विकले बताए ।

कालीगण्डकी नदीमा आश्रित मजदुर निरन्तररुपमा आफ्ना माग लिएर सरकारी कार्यालयमा धाइरहे पनि समस्या समाधान भएको छैन । मालढुङ्गाका झण्डै २०० परिवारले कालीगण्डकी नदीबाट बालुवा उत्खनन गरेर जीविकोपार्जन गर्दै आएका छन् ।

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  ४ : १० बजे

रास्वपा नेता-कार्यकर्तालाई ज्ञानेन्द्रको चुनौती- चरित्र हत्या गर्दै नहिँड, संसद्‌मा उठाएका प्रश्नको जवाफ देऊ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले

नारायणगढ-मुग्लिन सडकमा ओभरटेक नियन्त्रण गर्न प्रशासनको कडाइ

चितवन– वर्षायाममा सडक खुलेलगत्तै हतारमा सवारीसाधन ओभरटेक गर्ने प्रवृत्तिका कारण नारायणगढ–मुग्लिन

चन्द्रागिरीबाट ठूलो परिमाणको लागूऔषधसहित दुईजना नियन्त्रणमा

काठमाडौं– चन्द्रागिरी नगरपालिका–१५ ढुङ्गे अड्डाबाटआइतबार सशस्त्र प्रहरी बलले ठूलो परिमाणको लागूऔषधसहित

राष्ट्र बैङ्क ऐन संशोधन विधेयकमाथि छलफल

काठमाडौं– प्रतिनिधिसभा, अर्थ समितिले नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ लाई

आज बेलुकीसम्म कोदारी सडक सञ्चालनमा ल्याउने प्रयास

काठमाडौं– सडक विभागले पहिरोका कारण अवरुद्ध रहेको सिन्धुपाल्चोकस्थित अरनिको राजमार्गअन्तर्गत