आगामी वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने तयारीमा जुट्यो आयोग « Khabarhub

आगामी वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने तयारीमा जुट्यो आयोग


७ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले स्थानीय तहको निर्वाचनको मिति नतोके पनि निर्वाचन आयोग भने तयारीमा जुटेको छ । आगामी वैशाखमा स्थानीय तहका राजनीतिक पदाधिकारीको पदावधि सकिने भएपछि आयोगले वैशाखमा निर्वाचन गर्ने तयारी गरेको हो ।

आयोगका प्रमुख आयुक्त दिनेश थपिलयाले बुधबार धुलिखेलमा आयोजित ‘निर्वाचन सञ्चालन र व्यवस्थापनसम्बन्धी महिला पत्रकारसँग कार्यशाला गोष्ठी’ मा सरकारले मिति नतोके पनि आयोग आफ्नो तयारीमा जुटेको जानकारी दिए ।

उनले स्थानीय सरकार रिक्त रहने परिकल्पना नगरिएको भन्दै स्थानीय तहका पदाधिकारीको कार्यकाल सकिनु अगावै चुनावको तयारी भएको बताए । उनले आयोगले वैशाख २० गते एकै चरणमा ७५३ वटै स्थानीय तहको निर्वाचन गर्ने गरी मिति सिफारिस गर्ने तयारी गरेकोसमेत बताए ।

निर्वाचन आयोगले हाल मतदाता नामावली संकलनको काम गरिरहेको छ ।

तर, हालसम्म सरकारले चुनावको मितिबारे भने कुनै छलफल अगाडि बढाएको छैन । ६ महिना पदावधि थप्न सकिने संवैधानिक व्यवस्था भएकाले आगामी वैशाखमै चुनाव हुनेमा आशंका छ।

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  ५ : १० बजे

अन्तर्राष्ट्रिय फुटबलबाट बाहिरिने तयारीमा लेवान्डोव्स्की : लेखे भावुक पोस्ट

काठमाडौँ – पोल्यान्डका कप्तान तथा कीर्तिमानी स्ट्राइकर रोबर्ट लेवान्डोव्स्कीले अन्तर्राष्ट्रिय

आजको मौसम पूर्वानुमान: पहाडी तथा हिमाली क्षेत्रमा वर्षा, तराईमा हुरीको चेतावनी

काठमाडौँ – हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव

‘खुला पाठशाला’ : पिपलको फेदमा बोरा ओछ्याएर चन्द्र सरको निःशुल्क ट्युसन कक्षा

धरान- इटहरीस्थित टेङ्ग्रा खोलाको किनार छेवैको एउटा गल्ली । पिपलको

सञ्चारमन्त्रीको निर्देशनपछि सार्वजनिक बिदाको दिन पनि हुलाकबाट सेवा लिन सकिने

काठमाडौँ – सार्वजनिक बिदाको दिन पनि हुलाक कार्यालयमार्फत विदेशमा सामान

डलरको मूल्य घट्यो : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर