सिन्धुपाल्चोकमा १२ देखि १७ वर्ष उमेर समूहकालाई कोरोनाविरुद्धको खोप « Khabarhub

सिन्धुपाल्चोकमा १२ देखि १७ वर्ष उमेर समूहकालाई कोरोनाविरुद्धको खोप


७ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकका सबै माध्यामिक विद्यालयहरूमा बुधबार कोरोनाविरुद्धको खोप कार्यक्रम सञ्चालन सुरु गरिएको छ । १२ देखि १७ वर्ष उमेर समूहका किशोरकिशोरीहरुलाई कोभिड १९ विरुद्धको मोडर्ना खोप लगाउन सुरु गरिएको हो ।

सिन्धुपाल्चोकका सबै माध्यामिक विद्यालयहरूमा पढ्ने २८ हजार ८ सय २५ बालबालिकालाई शुक्रबार भित्रमा मोडर्ना खोप लगाइसकिने स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गादत्त चापागाईंले जानकारी दिए । विद्यालय पहुँचभन्दा बाहिर रहेका लक्षित समूहका बालबालिकाले समेत नजिकको खोप केन्द्रमा वा खोप सञ्चालन भइरहेको विद्यालयमा पुगेर खोप लगाउन सक्ने चापागाईंले बताए ।

यो अभियाानमा २०६१ मंसिरदेखि २०६६ मंसिरसम्म जन्मिएका बालबालिकाले खोप लगाउन पाउनेछन्। माध्यामिक रुपमा सञ्चालित निजी विद्यालयबाट पनि खोप सेवा सुरु गरिएको छ । यो खोप पहिलो डोज लगाएको २८ दिनपछि दोस्रो डोज लगाउनुपर्दछ । नेपालमा यो खोप नयाँ प्रयोग हो । मोडर्ना खोपको प्रभावकारिता ९४ प्रतिशत रहेको दाबी गरिएको छ ।

 

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  ९ : ४० बजे

कास्कीमा उम्मेदवारी छनोटमा दलहरू व्यस्त

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

स्वस्थानीका व्रतालु परदेश यात्रामा, पशुपतिमा पूजा (तस्बिरहरू)

काठमाडौं– एक महिने स्वस्थानी व्रत अनुसार व्रतालुहरूले परदेश यात्रा अन्तर्गत

गगन र निर्वाचन आयोगविरुद्ध मुद्दा लिएर सर्वोच्चमा देउवा पक्ष

काठमाडौं- दोस्रो विशेष महाधिवेशनबाट सभापति गगन थापा र निर्वाचन आयोगविरुद्ध

नेपालगन्जमा चौथो मःम महोत्सव सुरु

नेपालगन्ज– विभिन्न दुई सय प्रकारका मःमको स्वाद प्राप्त गर्ने गरी

सिंहदरबारमा बस्यो राष्ट्रियसभा बैठक (तस्बिरहरू)

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलपछि