सिन्धुपाल्चोकमा १२ देखि १७ वर्ष उमेर समूहकालाई कोरोनाविरुद्धको खोप « Khabarhub

सिन्धुपाल्चोकमा १२ देखि १७ वर्ष उमेर समूहकालाई कोरोनाविरुद्धको खोप


७ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकका सबै माध्यामिक विद्यालयहरूमा बुधबार कोरोनाविरुद्धको खोप कार्यक्रम सञ्चालन सुरु गरिएको छ । १२ देखि १७ वर्ष उमेर समूहका किशोरकिशोरीहरुलाई कोभिड १९ विरुद्धको मोडर्ना खोप लगाउन सुरु गरिएको हो ।

सिन्धुपाल्चोकका सबै माध्यामिक विद्यालयहरूमा पढ्ने २८ हजार ८ सय २५ बालबालिकालाई शुक्रबार भित्रमा मोडर्ना खोप लगाइसकिने स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख दुर्गादत्त चापागाईंले जानकारी दिए । विद्यालय पहुँचभन्दा बाहिर रहेका लक्षित समूहका बालबालिकाले समेत नजिकको खोप केन्द्रमा वा खोप सञ्चालन भइरहेको विद्यालयमा पुगेर खोप लगाउन सक्ने चापागाईंले बताए ।

यो अभियाानमा २०६१ मंसिरदेखि २०६६ मंसिरसम्म जन्मिएका बालबालिकाले खोप लगाउन पाउनेछन्। माध्यामिक रुपमा सञ्चालित निजी विद्यालयबाट पनि खोप सेवा सुरु गरिएको छ । यो खोप पहिलो डोज लगाएको २८ दिनपछि दोस्रो डोज लगाउनुपर्दछ । नेपालमा यो खोप नयाँ प्रयोग हो । मोडर्ना खोपको प्रभावकारिता ९४ प्रतिशत रहेको दाबी गरिएको छ ।

 

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  ९ : ४० बजे

आइसीसी टि–२० विश्वकप : अमेरिकालाई हराउँदै भारतको विजयी सुरुवात

काठमाडौं – आइसीसी टि–२० विश्वकप २०२६ मा भारतले विजयी सुरुवात

सुर्खेतबाट ‘खतरनाक खोपडी’ समूहका २५ पक्राउ

कर्णाली – सुर्खेत प्रहरीले वीरेन्द्रनगरमा कालो झण्डासहित मोटरसाइकल र्‍याली निकाल्ने

सर्लाहीमा लक्ष्यभन्दा बढी बालबालिकालाई दादुरा विरुद्धको खोप

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलले सर्लाहीको मङ्गलवा नगरपालिकामा लक्ष्यभन्दा

गुल्मीमा ४८ मतदानस्थल अतिसंवेदनशील सूचीमा

गुल्मी – यहाँका ४८ वटा मतदानस्थल अतिसंवेदनशील सूचीमा रहेका छन्

निर्वाचन प्रहरीको भूमिका महत्वपूर्ण छः गृहमन्त्री अर्याल

नुवाकोट – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने