दिल्लीमा ओमिक्रोनको डर, क्रिसमस र नयाँ वर्षमा पार्टी गर्न रोक « Khabarhub

दिल्लीमा ओमिक्रोनको डर, क्रिसमस र नयाँ वर्षमा पार्टी गर्न रोक


७ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतको दिल्लीमा क्रिसमस र नयाँ वर्षको अवसरमा कुनै पनि ठूला कार्यक्रम गर्न रोक लगाइएको छ। यस्तो रोकको निर्णय दिल्ली डिजास्टर म्यानेजमेन्ट अथोरिटीले गरेको हो । कोरोना संक्रमणको बढ्दो दर र नयाँ भेरियन्ट ओमिक्रोनको बढ्दो अवस्थालाई ध्यानमा राखेर यस्तो निर्णय गरिएको अथोरिटीले जनाएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयले भारतमा अहिलेसम्म ओमिक्रोन भेरियन्टका २१३ संक्रमित फेला परेको र त्यसमध्ये धेरै ५७ जना दिल्लीमा फेला परेको जनाएको थियो ।

दिल्ली सरकारको तर्फबाट बुधबार जारी तथ्यांक अनुसार दिल्लीमा कोरोना संक्रमणका १२५ नयाँ संक्रमित थपिएका छन् । अहिले ६२४ सक्रिय संक्रमित रहेका छन् ।

केही दिन पहिला मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्ली ओमिक्रोनसँग लड्न तयार रहेको बताएका थिए ।

अधिकारीहरुले दिल्लीमा क्रिसमस र नयाँ वर्षको अवसरमा उल्सासमय ठूला कार्यक्रमहरु गर्न रोक लगाएको जनाएका छन् ।

अथोरिटीले सबै जिल्लाका अधिकारीहरुलाई आफ्नो क्षेत्रमा संक्रमण रोक्नका लागि जरुरी कदम उठाउन आदेश ददिएको छ । कसैलाई पनि विना मास्क हिँड्न र कुनै पनि क्षेत्रमा जान नदिन निर्देशन जारी गरिएको छ । एजेन्सी

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  १० : ०० बजे

इरान–पाकिस्तान सीमा नाका बन्द, व्यापार र आवागमन प्रभावित

तेहरान–  प्राविधिक समस्या र सुरक्षा चिन्ताका कारण इरान र पाकिस्तानबीचको

वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल विराटनगरमा अनुबन्ध

काठमाडौं– वेस्ट इण्डिजका दिग्गज अल राउण्डर आन्द्रे रसेल नेपाल प्रिमियर

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका