साफ यू–१९ को उपाधि बंगलादेशलाई « Khabarhub

साफ यू–१९ को उपाधि बंगलादेशलाई


७ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आयोजक बंगलादेशले लगातार दोस्रो पटक यू–१९ साफ च्याम्पियनसिपको उपाधि हात पारेको छ ।

ढाकामा भएको फाइनल खेलमा बंगलादेशले भारतलाई १–० ले पराजित गर्दे घरेलु भूमिमा उपाधि जितेको हो ।

यसअघि भुटानमा भएको यू–१८ साफमा नेपाललाई पराजित गर्दै बंगलादेशले उपाधि जितेको थियो । त्यसपछिको संस्करण कोरोना भाइरसका कारण हुन नसकेपछि साफले यू–१९ साफ प्रतियोगिता गरेको हो ।

बंगलोदशको जितमा मोगिनीले ८० औं मिनेटमा निर्णायक गोल गरिन् । खेलमा दुबै टोलीले केहि अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् । सिंगल राउण्ड रोबिनको आधारमा भएको प्रतियोगितामा ५ टोलीको सहभागीता रहेको थियो ।

बंगलादेश विजेता हुँदा भारत उपविजेतामा सिमित रह्यो । यता, नेपाल तेस्रो स्थानमा रहँदा भुटान चौथो रह्यो भने श्रीलंका पुछारमा रह्यो ।

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  १० : १५ बजे

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ

दसैँ बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

 काठमाडौँ – दसैँको बिदाका कारण यस वर्ष पहिलो चरणको राष्ट्रिय भिटामिन