जाडो लाग्नेवित्तिकै छालाको समस्या आउँछ ? अपनाउनुहोस् यी घरेलु उपचार विधि « Khabarhub

जाडो लाग्नेवित्तिकै छालाको समस्या आउँछ ? अपनाउनुहोस् यी घरेलु उपचार विधि


६ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाडोको मौसममा हाम्रो शरीरमा बिभिन्न प्रकारका छालाका समस्याहरु देखापर्दछन् । जाडोमा सबैभन्दा बढी देखिने छालाको समस्या भनेको चिलिब्लेन्स हो ।

यो विशेषगरी चिसो हावा र पानीका कारणले हुने गर्दछ । जाडोको अर्को समस्या भनेको छाला सुख्खा हुने हो । यसलाई जेरोसिस भनिन्छ । छाला सुख्खा हुदाँ चिलाउने गर्दछ । जसलाई कन्याएमा घाउ समेत हुनसक्छ र संक्रमण हुने सम्भावना बढ्दछ ।

साथै अरु बेलाभन्दा जाडो मौसममा मानिसहरु कम नुहाउने भएकाले लुतो आउने सम्भावना समेत हुन्छ । त्यसैगरी गर्मीमा आएको फंगल इन्फेक्सन समेत जाडोमा बढ्ने गर्दछ । अझ घामको किरणबाट छालामा हुने समस्या मेलाज्मा अर्थात चाया–पोतो आउने समस्या पनि जाडोमा नै हुने गर्दछ ।

१. जाडोमा पनि घामबाट जोगिन जेलको सट्टामा क्रिम लगाउनु पर्ने हुन्छ ।
२. जाडोमा घाम ताप्ने भन्दै धेरै बेर बस्नुहुदैन । घाममा बस्दा पनि अनुहार छोपेर बस्नुपर्छ ।
३. घाममा बस्दा शरीर ढाकिने पूरा बाहुला भएको लुगा लगाएर बस्नु पर्दछ ।
४. हात नछोपिने लुगा लगाएर घाम ताप्दा सोरोसिस नामक कत्ले रोग हुनसक्छ ।
५. जाडोमा छाला सुख्खा हुने भएकाले छालालाई तैलीय राख्नुपर्छ ।
६. जाडोमा हात र खुट्टाको सुरक्षाको लागि तातो पानी र पञ्जा प्रयोग गर्नुपर्छ ।
७. छाला सुख्खा हुनबाट बचाउने नाममा विज्ञापनमा जे देख्यो त्यही लगाउनु हुदैन भ्यासलिन भएको मोस्चराइजर लगाउनुपर्छ ।
८. जाडोमा साबुन प्रयोग गर्दा एलर्जी नहुने मोस्चराइजर भएको साबुन प्रयोग गर्नुपर्छ ।
९. जाडोमा लुगाले एलर्जी निम्त्याउने हुन्छ त्यसैले भित्रबाट सुतीको लुगा लगाउनु पर्छ ।
१०. यदि छालमा कुनै समस्या देखियो भने मनलाग्दी औषधि वा मल्हम किन्नुहुदैन । चिकित्सकको सल्लाह लिएर मात्र कुनै औषधि वा मल्हम लिनुपर्छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  ५ : ४५ बजे

कहाँकहाँ स्थापना भए काठमाडौंका निर्वाचन कार्यालय ?

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

देउवाको क्षेत्र डडेलधुराबाट कांग्रेसको उम्मेदवार बने नैनसिंह महर

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनाव नलड्ने भएपछि

कास्कीमा निर्वाचन लक्षित सुरक्षा रणनीति तय

कास्की– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ

उम्मेदवारी दर्ता अघि ओलीले भने- आजैबाट हराएका सपना जगाउन सुरु गरौँ

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी मनोनयनको

समानुपातिकतर्फ एक करोड दुई लाख बढी मतपत्र छपाइ

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि