जाडो लाग्नेवित्तिकै छालाको समस्या आउँछ ? अपनाउनुहोस् यी घरेलु उपचार विधि « Khabarhub

जाडो लाग्नेवित्तिकै छालाको समस्या आउँछ ? अपनाउनुहोस् यी घरेलु उपचार विधि


६ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाडोको मौसममा हाम्रो शरीरमा बिभिन्न प्रकारका छालाका समस्याहरु देखापर्दछन् । जाडोमा सबैभन्दा बढी देखिने छालाको समस्या भनेको चिलिब्लेन्स हो ।

यो विशेषगरी चिसो हावा र पानीका कारणले हुने गर्दछ । जाडोको अर्को समस्या भनेको छाला सुख्खा हुने हो । यसलाई जेरोसिस भनिन्छ । छाला सुख्खा हुदाँ चिलाउने गर्दछ । जसलाई कन्याएमा घाउ समेत हुनसक्छ र संक्रमण हुने सम्भावना बढ्दछ ।

साथै अरु बेलाभन्दा जाडो मौसममा मानिसहरु कम नुहाउने भएकाले लुतो आउने सम्भावना समेत हुन्छ । त्यसैगरी गर्मीमा आएको फंगल इन्फेक्सन समेत जाडोमा बढ्ने गर्दछ । अझ घामको किरणबाट छालामा हुने समस्या मेलाज्मा अर्थात चाया–पोतो आउने समस्या पनि जाडोमा नै हुने गर्दछ ।

१. जाडोमा पनि घामबाट जोगिन जेलको सट्टामा क्रिम लगाउनु पर्ने हुन्छ ।
२. जाडोमा घाम ताप्ने भन्दै धेरै बेर बस्नुहुदैन । घाममा बस्दा पनि अनुहार छोपेर बस्नुपर्छ ।
३. घाममा बस्दा शरीर ढाकिने पूरा बाहुला भएको लुगा लगाएर बस्नु पर्दछ ।
४. हात नछोपिने लुगा लगाएर घाम ताप्दा सोरोसिस नामक कत्ले रोग हुनसक्छ ।
५. जाडोमा छाला सुख्खा हुने भएकाले छालालाई तैलीय राख्नुपर्छ ।
६. जाडोमा हात र खुट्टाको सुरक्षाको लागि तातो पानी र पञ्जा प्रयोग गर्नुपर्छ ।
७. छाला सुख्खा हुनबाट बचाउने नाममा विज्ञापनमा जे देख्यो त्यही लगाउनु हुदैन भ्यासलिन भएको मोस्चराइजर लगाउनुपर्छ ।
८. जाडोमा साबुन प्रयोग गर्दा एलर्जी नहुने मोस्चराइजर भएको साबुन प्रयोग गर्नुपर्छ ।
९. जाडोमा लुगाले एलर्जी निम्त्याउने हुन्छ त्यसैले भित्रबाट सुतीको लुगा लगाउनु पर्छ ।
१०. यदि छालमा कुनै समस्या देखियो भने मनलाग्दी औषधि वा मल्हम किन्नुहुदैन । चिकित्सकको सल्लाह लिएर मात्र कुनै औषधि वा मल्हम लिनुपर्छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  ५ : ४५ बजे

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक

संविधान संशोधन बहसपत्र कार्यदलको बैठकमा कसले के भने?

काठमाडौं- संविधान संशोधन बहसपत्र कार्यदलले राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरेको