यस्ता छन् संसारकै पहिलो विमानबारेको रहस्य | Khabarhub Khabarhub

यस्ता छन् संसारकै पहिलो विमानबारेको रहस्य


१० माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एक समय यस्तो थियो कि मानिसहरुले हावामा उढौँला भनेर कल्पना समेत गरेका थिएनन् । तर विज्ञानको चमत्कार मानिसले कल्पनै नगरेका कुरा सम्भव हुँदै गएका छन् ।

आज हामी तपाईँलाई यात्रुबाहक विमान पहिलो पटक कहिले उडेको थियो ?  आम मानिसले पहिलोपटक विमानमा कहिले यात्रा गरेका थिए ? त्यो विमान उडाउनेवाला पाइलट को थिए ? त्यस विमानमा यात्रा गर्नको लागि मानिसहरुले कति पैसा तिरेका थिए ? त्यो उडान कुन शहरबाट कुन शहरमा हुँदै थियो ? जस्तो कौतुहलता मेटाउने प्रयत्नमा छौँ-

१ सय ६ वर्ष पहिला १ जनवरी सन् १९१४ मा पहिलोपटक विमानमा मानिसहरुले यात्रा गरेका थिए । उक्त विमान अमेरिकादेखि फ्लोरिडासम्म भएको थियो । ती दुई शहरको नाम हो पीटर्सवर्ग र टाम्पा । दुई शहरबीचमा सडकमार्गको दूरी ४२ मिलोमिटरको छ । तर, विमानले पहिलोपटक ३४ किलोमिटरको हवाई यात्रा पार गरेको थियो ।

दुई शहरकोबीचमा ३४ किलोमिटर दूरी पार गर्न विमानलाई २३ मिनेटको समय लागेको थियो । यात्रीहरुले एक फ्लाइंग बोटमा उडान गरेका थिए । जसलाई सेन्ट लुईका थोमस बेनोइस्टले डिजाइन गरेका थिए । विमान उडाउने पहिलो पाइलट टोनी जेनस थिए ।

फ्लाइङ्ग बोट विमानलाई ट्रेनको माध्यामबाट सेन्ट पीटर्सवर्ग पठाइएको थियो । यसको तौल लगभग ५ सय ६७ किलोग्राम थियो । यसको लम्बाई ८ मिटर ९२६फिट० र चौंडाई १३ मिटर ९४४ फिट डायनोका साथ थियो । यसको एक अन्य मोडल १४ बेनोआ एयरबोटको अधिकतम स्पीड १ सय ३ किलोमिटर प्रतिघण्टा थियो ।

यो विमानमा एक पाइलट र एक यात्री बस्ने सिट थिए । सिट दाउराले बनाईएको थियो । जसमा पाइलट र यात्री फरक फरक ठाउँमा बस्ने व्यवस्था मिलाईएको थियो । सन् १९१४ को पहिलो दिन पहिलो पटक यात्री विमान उड्न लागेको थियो । त्यो विमानको टिकट काटिएको थियो । एक यात्रीको सिट मात्र विमानमा थियो ।

यसका लागि ३ हजार मानिसहरु सेन्ट पीटर्सवर्गको वाटरफ्रन्टमा टिकट किन्न भनेर गएका थिए । तर विमानको टिकट फिल नाम गरेका एक व्यक्तिले किनेका थिए । संसारकै पहिलो हवाई टिकट ४ हजार डलरमा बेचिएको थियो । आजको समयमा यो रकम नेपाली ९ लाख ६३ हजार ४ सय छ रुपैयाँ पर्न जान्छ ।

विमानले पानी माथिबाट उडान भरेको थियो । जेनसले पानीको सतहभन्दा ५० फिट माथिमात्र उडान भरेका थिए । तर आधा बाटोमा विमानको एक इन्जिन खराब भएको थियो ।

तर जोनसले केही कुरा मिलाएर पुनः उडान भरेका थिए । विमान जब टाम्पामा आइपुग्यो तब त्यहाँ ३५ सय भन्दा धेरै मानिसहरु ताली बजाएर जेनस र फीलको स्वागतमा आएका थिए ।

पहिलो उडानपछि विमानको उड्ने समय तय गरिएको थियो । विमान हप्तामा ६ दिन उड्ने भएको थियो । तर विमान दिनमा दुई पटक मात्र उड्ने गर्थ्यो । विमान चढ्नका लागि ५ डलरको टिकट काट्नुपर्थ्यो ।

यो विमान दोश्रो पटक टोनी जोनसका भाई रोजर जोनसले चलाएका थिए । यो विमानको सञ्चालन लगभग २ महिनासम्म भएको थियो । त्यसपछि यसको सेवा बन्द भएको थियो ।

तर, यो विमानबाटै आउने समयका लागि यात्रुवाहक विमान सेवाको नयाँ बाटो खोलेको थियो । चार महिनामा यस विमानले लगभग १२ सय ५ यात्रीहरुलाई सेवा दिएको थियो ।एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १० माघ २०७७, शनिबार  ५ : ४५ बजे

अमेरिका र साउदी अरबबीच एक नील ९३ खर्बको हतियार किनबेच सम्झौता

एजेन्सी – अमेरिका र साउदी अरबबीच १४२ अर्ब अमेरिकी डलर

धवलागिरि आरोहणको ६५ वर्ष पूरा, दिवस मनाइयो

गण्डकी – संसारका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये सातौँ

बेलायतमा तलब वृद्धि खुम्चियो, बेरोजगारीदर बढ्यो

एजेन्सी – बेलायतको श्रम बजारले सन् २०२५ को प्रारम्भिक चरणमा

गृहमन्त्रीको दाबी – काङ्ग्रेस जिम्मेवारीका साथ देशका समस्या समाधानमा क्रियाशील

मोरङ – नेपाली काङ्ग्रेसका नेता एवम्‌ गृहमन्त्री रमेश लेखकले आफ्नो

डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर

काठमाडौं – उच्च अदालत पाटनले डिजिटल मिडियाको अनुगमन र कारबाही