ट्रम्पलाई महाअभियोगको सामाना गर्न दुई साताको तयारी, फ्रेब्रुअरीमा मात्रै सुनुवाइ हुँने « Khabarhub

ट्रम्पलाई महाअभियोगको सामाना गर्न दुई साताको तयारी, फ्रेब्रुअरीमा मात्रै सुनुवाइ हुँने


१० माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोगको समानाको आवश्यक तयारीका लागि दुई साताको समय मिलेको छ ।

महाअभियोगको सामाना गर्न आवश्यक तयारिका लागि ट्रम्पका कानून व्यवसायीले मागेको दुई हप्ताको समय दिन डेमोक्र्याटले सहमति जनाएका हुन् ।

डेमोक्याट र रिपब्लिकनबीच भएको सहमतिपछि कम्तीमा आउँदो महिना (फेब्रुअरी ८) सम्म माथिल्लो सदनमा महाअभियोग प्रस्तावमाथिको सुनुवाई सुरु हुने छैन ।

तल्लो सदनबाट पारित भएको महाअभियोग प्रस्ताव सभामुख न्यान्सी पेलोसीले आउँदो सोमबार सिनेटमा पठाउने तयारी गरेकी छन् ।

नोभेम्बरमा भएको राष्ट्रपतीय चुनावको नतिजा अस्वीकार गरेका ट्रम्पले समर्थकलाई उक्साएर जनवरी ६ मा राजधानी वासिङ्गटन डिसीमा रहेको संसद भवनमा हिंसात्मक आक्रमण गराएको अभियोग लगाइएको छ । ट्रम्पमाथि कार्यकालमै रहँदा दोस्रोपटक महाअभियोग लागेको थियो ।

जनवरी १३ मा तल्लो सदनले महाअभियोग प्रस्ताव पारित गरिसकेको छ ।

प्रकाशित मिति : १० माघ २०७७, शनिबार  ७ : ०५ बजे

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम– मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा गए रातिदेखि अचानक वर्षा र हिमपात सुरु भएपछि

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र (तस्बिरहरू)

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा