विश्वभर ७ करोड ९ लाखले जिते कोरोना « Khabarhub

विश्वभर ७ करोड ९ लाखले जिते कोरोना

२१ लाख संक्रमितको मृत्यु, १ लाख ११ हजार सिकिस्त


१० माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  विश्वभर ७ करोड ९ लाखभन्दा बढी मानिसले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् ।

शनिबार बिहान यो समाचार तयार पर्दासम्म ७ करोड ९ लाख ११ हजार ५५० जना संक्रमणमुक्त भएका छन् । कुल संक्रमितका आधारमा निको हुनेको दर ७१.८२ प्रतिशत हो । पछिल्लो २४ घण्टामा ४ लाख ३२ हजार ८३१ जना निको भएका छन् ।

कुल संक्रमितको २६.०४ प्रतिशत संक्रमित अहिले पनि उपचारका क्रममा छन् । अर्थात् सक्रिय संक्रिमतको संख्या २ करोड ५७ लाख ९ हजार २५८ छ । यसमध्ये १ लाख ११ हजार २३९ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ६ लाख ४७ हजार २२८ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर कोरोना संक्रमितको संख्या ९ करोड ८७ लाख १३ हजार ५५५ पुगेको छ ।

यस्तै कोरोनाले मृत्यु हुनेको संख्या २१ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा १५ हजार ७९३ संक्रमितको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या २१ लाख १६ हजार १५९ पुगेको हो । कुल संक्रमितको आधारमा मृत्यु हुनेको यो संख्या २.१४ प्रतिशत हो ।

संक्रमणको सबैभन्दा धेरै चपेटामा अमेरिका छ । अमेरिकामा २ करोड ५३ लाखभन्दा बढी संक्रमित भएका छन् । ४ लाख २४ हजारभन्दा धेरै संक्रमितको मृत्यु भएको छ ।

यस्तै भारत, ब्राजिल, रसिया, फ्रान्स, बेलायत, टर्की लगायतका मुलुक पनि संक्रमणले धेरै असर परेका मुलुकको सूचीमा छन् ।

संक्रमण सुरू भएको एक वर्ष वित्दा विश्वका सबैजसो देशमा फैलिएको छ । कतै तेस्रो चरणको संक्रमण फैलिएको छ भने कतै नयाँ प्रजातिको कोरोना देखिएको भन्दै त्रास फैलिएको छ ।

प्रकाशित मिति : १० माघ २०७७, शनिबार  ७ : ४१ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र