तारादेवीको पुण्यतिथीमा पाँच सम्मानित « Khabarhub

तारादेवीको पुण्यतिथीमा पाँच सम्मानित


१० माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वर किन्नरी तारा देवीको १५ औं पुण्य स्मृतिमा तारा देवी स्मृति फाउण्डेसनले पाँच स्रष्टालाई सम्मान गरेको छ ।

फाउण्डेसनले गीतकार भैरवनाथ रिमाल ‘कदम’, संगीतकार गणेश परियार, गायिका ज्ञानु राणा, लामो समय गीत गाएर गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाएका शहरी विकास राज्यमन्त्री रामबीर मानन्धर र काठमाडौं महानगरपालिका वडा नं. ३ का अध्यक्ष दीपक केसीलाई सम्मान गरेको हो ।

गीतकार रिमाल र संगीतकार परियारको फाउण्डेसनले सम्मान कार्यक्रम तय गरेपछि निधन भएका कारण कारण रिमालको सम्मानपत्र उनकी छोरी रेखा ढकालले र परियारको सम्मानपत्र उनकी नातिनी मारिया सुनामलाई हस्तान्तरण गरिएको थियो । रिमालको गत पुस २५ र परियारको माघ ४ गते निधन भएको थियो ।

गायिका राणालाई भने कार्यक्रमका प्रमुख अतिथि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, फाउण्डेसनका सल्लाहकार शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, अध्यक्ष दीपक केसी, उपाध्यक्ष भुवन चन्द थापा, कोषाध्यक्ष रमेश थापा, महासचिव शोमन सैँजु तथा नातिकाजी स्मृति समाजका अध्यक्ष शम्भुजित बाँस्कोटाले संयुक्त रुपमा सम्मान गरे । सम्मानित व्यक्तिहरुलाई नगद २५ हजार १ रुपैयाँ, सम्मानपत्र र दोसल्लाबाट सम्मानित गरिएको थियो ।

त्यस्तै ४ घण्टा ५ मिनेट २० सेकेन्ड लगातार गीत गाएर वल्र्ड रेकर्ड कायम गरेका गायक तथा राज्यमन्त्री मानन्धर र प्रवल जन सेवा श्री चतुर्थ पदकबाट विभुषित फाउण्डेसनका अध्यक्ष केसीलाई पनि दोसल्ला र सम्मानपत्रबाट सम्मानित गरिएको थियो ।

कार्यक्रममा शहरी विकास राज्यमन्त्री रामबीर मानन्धर, गायिका ज्ञानु राणा, प्राश्ना शाक्य, सरिता शाही, एन्जेला श्रेष्ठ, सुजाता बर्मा, गीता पाण्डे, लाबोनी चक्रवर्ती, राजिव परियार, सरस्वती मानन्धर, धर्मरत्न मानन्धर, किशोर विश्वकर्मा, मनिता राई लगायत आस्था कलाकेन्द्रका नव प्रतिभाहरुले तारा देवीका विभिन्न गीतहरु गाएका थिए ।

प्रकाशित मिति : १० माघ २०७७, शनिबार  ३ : २० बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक