लालुप्रसाद यादवको स्वास्थ्य अवस्था गम्भीर, एम्स अस्पतालमा सार्ने तयारी « Khabarhub

लालुप्रसाद यादवको स्वास्थ्य अवस्था गम्भीर, एम्स अस्पतालमा सार्ने तयारी


१० माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राँचीको रिम्स अस्पतालमा उपचार गराइरहेका बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवको अवस्था गम्भीर भएको छ ।

लालुका छोरा तेजस्वीका अनुसार लालुको फोक्सोमा पानी जमेको छ । उनको अनुहार निकै सुन्निएको छ । लालुको गम्भीर स्थितिका कारण उनलाई दिल्लीको एम्स अस्पताल सार्ने तयारी गरिएको छ । यही सिलसिलामा लालुका छोराहरु तेजस्वी र तेजप्रतापले झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनसँग छलफल गरेका छन् ।

पछिल्लो जानकारीअनुसार लालुको स्वास्थ्य लगातार बिग्रिइरहेको छ । डाक्टरको बोर्डले रिपोर्ट दिनासाथ जेल प्रशासनले उनलाई दिल्ली सार्न अदालतबाट स्वीकृति लिनेछ ।

लालु चारा घोटाला अभियोगमा जेलमा थिए । राँचीको जेलमा रहेका उनलाई जेलबाटै रिम्स अस्पताल ल्याइएको थियो । छोरा तेजस्वीका अनुसार लालुको मुटुको सर्जरी यसअघि नै गरिएको थियो । उनको मृगौलाले पनि २५ प्रतिशत मात्रै काम गरिरहेको छ ।

तेजस्वीका अनुसार लालुलाई निमोनिया भएको छ । बिहीबार लालुलाई सास फेर्न समस्या भएको थियो । जाँचमा लालुलाई निमोनिया भएको थाहा भएको हो ।

प्रकाशित मिति : १० माघ २०७७, शनिबार  ३ : ३९ बजे

चैत ३० देखि वैशाख ७ गतेसम्म ‘शून्य बाँकी फाइल अभियान’ मनाइँदै

काठमाडौँ– सरकारले ‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३० गतेदेखि

हलेसी तुवाचुङले पायो ‘म्युनिसिपल एक्सिलेन्ट अवार्ड’

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिका ‘म्युनिसिपल एक्सिलेन्ट अवार्ड’बाट सम्मानित भएको

खनिजजन्य उद्योगबाट उठ्यो दुई अर्ब १४ करोड राजस्व

काठमाडौँ– खनिजजन्य उद्योगबाट दुई अर्ब १४ करोड राजस्व असुली भएको

सवारी नियम उल्लंघन गर्ने १७ सय बढी चालक कारबाहीमा

काठमाडौँ– बितेका चौबिस घण्टामा सवारी नियम पालना नगर्ने एक हजार

वैदेशिक रोजगारीको प्रलोभनमा करिब ९२ लाख रुपैयाँ ठगी गर्ने पक्राउ

काठमाडौँ– वैदेशिक रोजगारीमा आकर्षक तलब सुविधा दिलाइदिने प्रलोभनमा पारेर ९१