पहिचान लुकाउन बाध्य ‘पहिचानसहितको’ एउटा विद्यालय « Khabarhub

पहिचान लुकाउन बाध्य ‘पहिचानसहितको’ एउटा विद्यालय


११ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- २०६८ सालमा स्थापना भएको ‘सफलता एचआइभी शिक्षा सदन’ पहिचानसहितको विद्यालय हो । यो विद्यालयले २०७५ सालमा आफ्नो नाम ‘वर्ल्ड बुक अफ रेकर्ड’ मा पनि लेखाइसकेको छ ।

विद्यालय संस्थापक अध्यक्ष राजकुमार पुनका अनुसार २०६७ सालमा बालगृहको रूपमा स्थापना भएको यो विद्यालयले २०६८ सालमा ‘प्रारम्भिक बाल विकास केन्द्र’ सञ्चालनको अनुमति पाएको थियो ।

यो विद्यालयले २०६९ मा तत्कालीन जिल्ला शिक्षा कार्यालय काठमाडौँबाट प्राथमिक तह, २०७३ सालमा आधारभूत तह र २०७५ मा स्थानीय सरकारबाट माध्यामिक तह (९–१०) सम्मको सञ्चालन अनुमति पाएको हो । हाल यो विद्यालय कीर्तिपुरमा छ ।

पुनका अनुसार यो विद्यालय विश्वमै ‘पहिचान सहितको’ विश्वको पहिलो विद्यालय हो । पहिचानसहितको विद्यालय भए पनि समाजमा अझै खुलस्त पहिचान हुन सकेको छैन ।

एआईभी संक्रमित व्यक्तिप्रति समाजको नकारात्मक दृष्टिका कारण ‘सफलता एचआइभी शिक्षा सदन’ आफ्नो पहिचान लुकाउनु पर्ने बाध्यता रहेको पुन बताउँछन् ।

उनी भन्छन्, ‘समाजले घृणा गर्छ भन्ने डरले नै सफलता एचआइभी शिक्षा सदन लेखिएको बोर्ड विद्यालय बाहिर राख्न सकिएको छैन ।’

एचाइभी सर्ने सीमित माध्यम भए पनि समाजको हेर्ने नजर नकारात्मक छ । नेपाली समाजमा एचाआइभी संक्रमित व्यक्तिले छुँदा पनि रोग सर्ने हो कि भन्ने धारणा छ । छोएर सर्दैन भन्ने थाहा पाएकै मानिस पनि तर्किन्छन् । ‘सफलता एचआइभी शिक्षा सदन’ का बालबालिकाहरू पनि यही नियति भोगिरहेका छन् ।

सरकारले प्राथमिकतामा राख्न नसक्दा पनि एचआइभी संक्रमित बालबालिकाले समाजको अवहेलना सहनुपरेको पुनको भनाइ छ । उनी भन्छन्, ‘देशभर विद्यालय उमेर समूहका एक हजारभन्दा बढी एचाआइभी संक्रमित बालबालिका छन् । ती बालबालिकालाई सम्मानजनक रूपमा बाँच्ने वातावरण दिनु राज्यको कर्तव्य हो । समाजले घृणा गर्ने डरले धेरै संक्रमित बालबालिका लुकीछिकी बस्नु परेको छ ।’

सरकारले सातै प्रदेशमा एचाआइभी संक्रमितका लागि पहिचानसहितका विद्यालय सञ्चालनमा ल्याए संक्रमित बालबालिकालाई राहत पुग्ने उनको भनाइ छ ।

यस्ता विद्यालय सरकार आफैँले सञ्चालन गरेमा संक्रमित बालबालिकालाई समाजमा स्थापित हुन सजिलो हुने र संक्रमितप्रति सकारात्मक दृष्टि बन्ने उनको विश्वास छ ।

अहिले उक्त विद्यालयमा एकदेखि दश कक्षासम्म २७ जना बालबालिका छन् । उनीहरू सबै एचआइभी संक्रमित हुन् । उनीहरूको उपचारको जिम्मा पनि विद्यालयले नै लिएको छ । घरपरिवारमा अपहेलनाको पात्र बनेका यी बालबालिका आवासीय विद्यालयमा सम्मानका साथ बस्न पाउँदा खुशी देखिन्छन् ।

विद्यालयमा सात जना शिक्षक र विद्यार्थीको हेरचाहको लागि तीन जना कर्मचारी छन् । संस्थापक पुनका अनुसार मासिक तीन लाख रुपैयाँसम्म खर्च छ । यति रकम कसरी जुट्छ त ? पुनले भने, ‘जसोतसो अहिलेसम्म व्यवस्थापन गरिरहेका छौँ ।’

सरकारले पहिचानसहितको ‘सफलता एचआइभी शिक्षा सदन’ लाई सामुदायिक विद्यालय बनाउन सके देशभरका एचआइभी संक्रमित बालबालिकाले आफ्नो पहिचान खुलाएर निर्धक्क साथ पढ्न पाउने थिए भन्ने पुनलाई लागेको छ ।

एचाआइभी संक्रमित बालबालिकाहरू लुकीछिपी विद्यालय जानुपर्ने बाध्यता छ । संक्रमित भन्ने थाहा भए घृणाको पात्र हुनुपर्ने भय उनीहरूमा छ ।

एचआईभी संक्रमित बालबालिका पनि यही देशका सन्तान भएकाले यिनीहरूलाई शिक्षा दिएर समाजमा स्थापित गराउन सरकारले ठोस योजना बनाएर कार्यान्वयन गर्नुपर्ने पुनको सुझाब छ ।

सम्पत्ति बेचेर विद्यालय भवन

एचआइभी संक्रमित बालबालिका पढाउने भएका कारणले भाडाको घर नपाउने र पहिचान लुकाएर घर पाए पनि थाहा पाएका दिन निकालिनुपर्ने भयका कारण आफ्नो सम्पत्ति बेचेर विद्यालय भवन बनाएको पुनले बताए ।

उनले भने, ‘बालबालिकाहरूलाई भाडाको घरमा राख्दा महिना दिनमै सर्नुपर्ने अवस्था भयो । स्थायित्व खोज्न आफ्नो घर बेचर विद्यालय भवन बनाएँ ।’

विद्यालयको आफ्नै भवन बन्नुमा विद्यालयका संस्थापक समेत रहेकी उमा राईको पनि योगदान छ । पुनले भने, ‘उहाँले दैनिक लाखौँको व्यापार हुने कस्मेटिक पसल बचेर यी बालबालिकाको लागि स्थायित्व खोज्नु भएको छ ।’

पढाइमा अब्बल विद्यार्थी

माध्यमिक तहको मान्यता पाएपछि विद्यालय शिक्षा परीक्षा (एसईई) मा सहभागी भएका शिक्षा सदनका तीन जना विद्यार्थीको नतिजा राम्रो आएको सञ्चालक पुनले बताए ।

उनका अनुसार एसईई परीक्षामा सहभागी तीन जना विद्यार्थीले ‘ए प्लस’ ग्रेड हासिल गरेका छन् । यो विद्यालय पहिलोपटक २०७६ सालको एसईईमा सहभागी भएको हो ।

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  ९ : १८ बजे

तयारी पोसाक उद्योगको विकास र प्रवर्द्धनमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित कच्चा पदार्थमा आधारित गुणस्तरीय

ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र तपाइ हाम्रो

जानकी मन्दिर विवादबारे हर्कले भने, ‘म बाटैमा थिएँ, श्रमदातालाई अपमान गरेछन्’

काठमाडौं- जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा श्रम संस्कृति पार्टीका नेता-कार्यकर्ता र

पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी

बागमती– जिल्लाको मकवानपुरगढी गाउँपालिकाले घरबास, कृषि पर्यटन र सांस्कृतिक पर्यटनलाई

अमेरिकाले स्वीकार्‍यो : इरानी आक्रमणमा कम्तीमा १०० सैनिक घाइते

तेहरान- अमेरिकाले इरानको जवाफी आक्रमणमा आफ्ना करिब १०० सैनिक घाइते