आर्यनको ‘अर्जुन रेड्डी’ रहर « Khabarhub

आर्यनको ‘अर्जुन रेड्डी’ रहर


११ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेता आर्यन सिग्देल हरेक किसिमका भूमिकामा अभिनय गर्न पोख्त छन् भन्ने कुरा उनले आफूले अभिनय गरिसकेका फिल्मबाट प्रमाणित गरिसकेका छन् । भलै ती फिल्म सफल वा असफल हुन् ।

तेलुगू फिल्म ‘अर्जुन रेड्डी’को नेपाली रिमेक बन्ने चर्चा चलेपछि केही समय अघि आर्यनको नाम अग्रस्थानमा आएको थियो । फिल्म वितरण तथा निर्माण कम्पनी युवा फिल्मस्ले यसको अधिकार किनेर फिल्म निर्माण गर्ने घोषणा गरेको थियो ।

फिल्ममा आर्यनले प्रमुख भूमिकामा अभिनय गर्ने चर्चा चलेपछि आर्यनले फेसबुकमा ‘यो स्पष्टिकरणको लागि मात्र हो, मैले केही दिनदेखि समाचारहरु देखिरहेको छु । निर्माणाधिन चलचित्र ‘अर्जुन रेड्डी’को रिमेकमा म छैन । मसँग निर्माण पक्षको कुरा पनि भएको छैन । म निर्माण पक्षलाई शुभकामना दिन चाहन्छु ।’ भन्दै स्टाटस नै लेख्नुपर्यो ।

अहिले यो फिल्मले फिल्मको लागि कलाकारको अडिसन गर्ने तयारी गरिरहेको छ । विशाल सापकोटाको निर्देशन रहने फिल्मका लागि निर्माण समूहले प्रमुख महिला तथा पुरुष कलाकारको लागि आव्हान गरेको छ ।

फिल्मका लागि अडिसन लिने सार्वजनिक भएपछि विभिन्न कलाकारले आफ्नो तस्वीरलाई फेसबुकमा राखेर आफू ‘अर्जुन रेड्डी’ बन्न उपयुक्र्त छ या छैन भन्दै प्रश्न गर्न थालेका छन् ।

यही मौकामा अभिनेता आर्यनले पनि फेसबुकमा तस्वीर राखेर ‘अनि अर्जुन रेड्डीको नेपाली रि–मेकका लागि हामीले आवेदन दिन पाइने कि नपाईने ?’ भन्दै लेखेका छन् । सुरुमा आफ्नो नाम आउँदा स्पष्टीकरण दिने आर्यनले अहिले पुनः आफ्नो तस्वीर राखेर अर्जुन रेड्डीमा चासो देखाएपछि कतै फिल्मप्रति उनको मन फर्किएको त होइन भन्ने चर्चा चलेको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  २ : ५२ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले