अस्ट्राजेनिका खोप गम्भीर विरामी हुनबाट रोक्न शत प्रतिशत प्रभावकारी- अमेरिकी अध्ययन « Khabarhub

अस्ट्राजेनिका खोप गम्भीर विरामी हुनबाट रोक्न शत प्रतिशत प्रभावकारी- अमेरिकी अध्ययन


१० चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन(एएफपी)- कोरोना भाइरसविरुद्ध प्रयोग हुँदै आएको अस्ट्राजेनिका खोप गम्भीर बिरामी हुनबाट रोक्न शत प्रतिशत प्रभावकारी पाइएको छ ।

कोलम्बिया विश्वविद्यालय र रोचेस्टर विश्वविद्यालयले गरेको नयाँ परीक्षणले खोप प्रभावकारी र सुरक्षित रहेको फेरि प्रमाणित गरेको हो ।

अमेरिका, चिली र पेरुका ३२ हजारभन्दा बढी स्वयंसेवकमा खोप परीक्षण गरिएको अध्ययनकर्ताहरुले जनाएका छन् ।

परीक्षणबाट खोप लक्षणयुक्त कोरोनाभाइरसको सङ्क्रमण रोक्न ७९ प्रतिशत प्रभावकारी रहेको पनि पुष्टि भएको छ ।

त्यसैगरी यो खोपले रगत जम्ने जोखिम पनि नदेखिएको परीक्षणको नतिजाले देखाएको अधिकारीहरुले बताएका छन् ।

अक्सफोर्ड विश्वविद्यालयका खोप परीक्षणका प्रमुख अध्ययनकर्ता प्राध्यापक एन्ड्रु पोल्ड्रले नयाँ अध्ययनको नतिजाले खोपको प्रभावकारिता पुनः प्रमाणित गरेको दावी गरे ।

युरोपेली मुलुक लगायत कतिपय मुलुकहरुले खोपको प्रभावकारीता र उपयोगिताप्रति शङ्का गर्दै खोप लगाउन रोकिरहेका बेला यो नतिजा सार्वजनिक भएको हो ।

यो नतिजा सार्वजनिक भएसँगै खोप लगाउन छाडेका मुलुकहरुले खोप लगाउने अभियानलाई फेरि निरन्तरता दिने अपेक्षा गरिएको छ ।

तर, कतिपय देशहरुले भने युरोपेली औषधि नियामक निकायले खोप सुरक्षित र प्रभावकारी नै रहेको बताएपछि फेरि लगाउन थालेका छन् ।

विश्वका धेरै देशमा लाखौँ व्यक्तिले यो खोप लगाइसकेका छन् । कतिपय देशहरुले अहिले पनि यो खोप लगाउने कार्यलाई निरन्तरता दिइनै रहेका छन् ।

कतिपय देशहरुले यो खोप लगाउन रोकेको र कतिपयले यो खोप्रति शङ्का उब्जाइरहेका बेला यो नतिजा सार्वजनिक भएपछि त्रसित भएकाहरु फेरि ढुक्क हुने भएका छन् ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ७ : १० बजे

नेपालगञ्ज–पोखरा उडान पुनः सुरु

नेपालगञ्ज – लामो समयदेखि रोकिएको नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा यही

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल भदौ ४ गते बिहीबार सन् २०२६

आज २०८३ साल भदौ ४ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ४ गते बिहीबार सन् २०२६

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर