प्रतिनिधिसभा बैठक आज, यस्ता छन् सम्भावित कार्यसूची « Khabarhub

प्रतिनिधिसभा बैठक आज, यस्ता छन् सम्भावित कार्यसूची


१० चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

दिउँसो १ बजे बस्ने बैठकमा विभिन्न विषयका प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ ।

संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट संवैधानिक आयोगका बार्षिक प्रतिवेदन पेश हुने सम्भावित कार्यसूची छ ।

यस्तै‚ न्याय परिषद र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७६/७७  र महान्यायाधिवक्ताको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पेश हुन सक्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

यसअतिरिक्त उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको पनि वार्षिक प्रतिवेदन पनि पेश हुने सम्भावित कार्यसूची सचिवालयले सार्वजनिक गरेको छ।

सर्वोच्च अदालतले फागुन ११ मा प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि फागुन २३ मा शुरू भएको संसदको यो अधिवेशनमा सरकारले विजनेश दिएको छैन ।

बैठकहरू शोक प्रस्ताव र संवैधानिक आयोगका प्रतिवेदनहरू पेश हुँदै आएका छन् ।

सरकारले विजनेस नै नदिएपछि जारी संसद अधिवेशनलाई विपक्षी दलहरूले प्रधानमन्त्री ओलीविरूद्ध अविश्वासको प्रस्ताव ल्याएर उपयोग गर्ने रणनीति बनाएका छन् ।

पुस ५ मा प्रतिनिधिसभा विघटन गरेर ओलीले लोकतन्त्र नै मास्न खोजेको भन्दै संघर्ष गरेका नेपाली कांग्रेस, साविक नेकपाको दाहाल-नेपाल खेमा  र जनता समाजवादी पार्टी नयाँ सरकार गठनका लागि गठबन्धनको प्रयत्नमा छन् ।

फागुन २३ मा सर्वोच्च अदालतले साविक नेकपाको एकतालाई अवैध ठहर गरेपछि सरकार गठनमा निर्णायक बनेका कांग्रेस, माओवादी केन्द्र र जसपाले प्रधानमन्त्रीमा आफ्नै दलको नेतृत्व दाबी गरिरहेका छन् ।

भावी प्रधानमन्त्रीको सुनिश्चितता हुनेवित्तिकै केपी शर्मा प्रधानमन्त्री ओलीविरूद्ध अविश्वास प्रस्ताव ल्याउने तयारीमा विपक्षी दलहरू रहँदा नेकपा एमालेको ओली खेमा त्यसलाई असफल बनाउने सरकारी रणनीतिमा छ ।

राजनीतिक गतिरोधकै कारण दर्जनौँ विचाराधीन विधेयक संसदमा छलफलका लागि अघि बढ्न सकेको छैन ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ८ : ३५ बजे

सरकारले देशमा द्वन्द्व निम्त्याउन खोज्यो : महेश बस्नेत

काठमाडौँ– नेकपा एमालेका सचिव महेश बस्नेतले सरकारले देशमा द्वन्द्वको अवस्था

गुण्डुबाट पक्राउ परेका ओलीलाई काठमाडौँ प्रहरी परिसर लगियो (तस्बिरहरू)

काठमाडौँ– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् । प्रहरीले

अध्यक्ष ओली पक्राउ परेपछि एमालेको आकस्मिक सचिवालय बैठक आह्वान

काठमाडौँ– नेकपा एमालेले आकस्मिक सचिवालय बैठक बोलाएको छ । पार्टी

ओली-लेखक पक्राउबारे नीलाम्बर आचार्य भन्छन् : प्रतिशोध र धरपकडले भलो गर्दैन

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ

ओली–लेखक पक्राउबारे संविधानविद् आचार्य भन्छन्– प्रतिशोध र धरपकडले भलो गर्दैन

काठमाडौँ– संविधानविद् एवं भारतका लागि पूर्वराजदूत निलाम्बर आचार्यले प्रतिशोध र