अमेरिकाको कोलोराडोमा अन्धाधुन्ध गोली प्रहार, एक प्रहरीसहित १० जनाको मृत्यु « Khabarhub

अमेरिकाको कोलोराडोमा अन्धाधुन्ध गोली प्रहार, एक प्रहरीसहित १० जनाको मृत्यु


१० चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकामा कोलोराडो राज्यमा अन्धाधुन्ध गोली प्रहारबाट एक प्रहरीसहित १० जनाको मृत्यु भएको छ ।

कोलोराडोको बोल्डर शहरमा भएको एउटा गोलीकाण्डमा एक प्रहरी अधिकारीसहित १० व्यक्तिले ज्यान गुमाएको बीबीसीले जनाएको छ ।

एक सशस्त्र आक्रमणकारीले स्थानीय सुपरमार्केटमा जथाभावी गोली प्रहार भएपछि भागदौड मच्चिएको थियो ।

स्थानीय समय अनुसार दिउँसो ३ बजे बन्दुक आक्रमण भएको हो । आक्रमणको कारण, उद्देश्य र विस्तृत विवरण सार्वजनिक नभएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

घटनालगत्तै भएको पत्रकार सम्मेलनमा बोल्दै बोल्डरका प्रहरी प्रमुख म्यारिस हेरोल्डले एक जना सन्दिग्ध व्यक्तिलाई हिरासतमा लिइएको छ ।

ती सन्दिग्ध व्यक्तिले किङ सुपर्स भनिने किनमेल केन्द्रमा पसेर गोली चलाएका थिए । उक्त घटनाको प्रत्यक्षदर्शीहरूले सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण गरेका थिए ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ९ : ३५ बजे

कांग्रेसको बन्द सत्रमा सबैलाई प्रवेश खुला, प्रत्यक्ष प्रसारण हुने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज चौथो दिनको बन्द सत्र

कांग्रेस महाधिवेशन : बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै, सभापति थापाले सम्बोधन गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज चौथो दिन बन्द

सोह्र लाखबराबरको अवैध पटाका बरामद

कञ्चनपुर– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले १६ लाखबराबरको अवैध पटाका बरामद

एमाले स्थायी कमिटी बैठक आह्वान

काठमाडौँ- नेकपा एमालेले स्थायी कमिटी कमिटी बैठक आह्वान गरेको छ

मध्यपहाडी लोकमार्ग : कास्कीमा तीनवटा पक्की पुल निर्माण

कास्की– राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत कास्की खण्डमा तीनवटा