बुहारीलाई आगो लगाई फरार अभियुक्त सात वर्षपछि पक्राउ « Khabarhub

बुहारीलाई आगो लगाई फरार अभियुक्त सात वर्षपछि पक्राउ


१० चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके – आफ्नै २३ वर्षीया बुहारीलाई मट्टितेल छर्कि आगो लगाई फरार अभियुक्त सात वर्षपछि पक्राउ परेका छन् । प्रहरीले बाँके जिल्ला, नरैनापुर गाउँपालिका-२ बस्ने ७५ वर्षीय हनिफ शेष ढपालीलाई सोमबार पक्राउ गरेको हो ।

दाईजोको निहुँमा २०७० चैत २ गते बुहारीलाई मट्टितेल छर्कि आगो लगाई ज्यान मार्ने उद्योग गरेको मुद्दामा फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्रहरीले सोही गाउँपालिका-१ सुईयामा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाएको छ ।

यस्तै, हाल फरार रहेका पीडितका श्रीमान् र सासुको पनि खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ९ : ४५ बजे

चिनियाँ परराष्ट्रमन्त्री वाङ यीको बधाई, खनालसँग सहकार्य गर्ने प्रतिबद्धता

काठमाडौँ– चीनका परराष्ट्रमन्त्री वाङ यीले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाललाई कार्यभार

गुराँस हेर्न पर्यटक घोडेपानीमा

म्याग्दी–  ‘म त लालीगुराँस भएछु, वनैभरि फुलिदिन्छु, मनैभरि फुलिदिन्छु’ स्वर

जुम्लाको तिलास्थित कुडारीमा आगलागी, एक किशोरको मृत्यु

जुम्ला– जुम्लाको तिला गाउँपालिका–३ स्थित कुडारी बजारको एक घरमा आगलागी

कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीहरुलाई निर्देशन

दोषी लुकाएर गरिने एकपक्षीय कारबाही र प्रतिशोधले देश जलाउँछ : नेता महर

काठमाडौँ– नेपाली कांग्रेसका नेता नैनसिंह महरले दोषीलाई लुकाएर एकपक्षलाई मात्रै