साँढे पाँच वर्षमा एक दर्जन संस्थाले लिएनन् लोक सेवाको परामर्श « Khabarhub

साँढे पाँच वर्षमा एक दर्जन संस्थाले लिएनन् लोक सेवाको परामर्श


१० चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संविधानसभाबाट जारी भएको संविधान कार्यान्वयनमा आएको साँढे पाँच वर्ष पूरा भइसक्दा समेत एक दर्जन बढी सङ्गठित संस्थाले अझै लोक सेवा आयोगको परामर्श लिएका छैनन् ।

लोक सेवा आयोगले मंगलबार काठमाडौँमा आयोजना गरेको ‘कार्य सम्पादनका छ वर्ष’ विषयक पुस्तक सार्वजनिककीकरण कार्यक्रममा अध्यक्ष उमेशप्रसाद मैनालीले एक दर्जन बढी संस्थाले परामर्श नलिएको बताएका हुन् ।

अध्यक्ष मैनालीले वीर अस्पताल (नाम्स), बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) जस्ता ठूला सङ्गठित संस्थाले नै आयोगको परामर्श लिनुपर्ने विषयलाई बुझ पचाएको बताए । “हाम्रो पदावधि आजदेखि सकिँदै छ, आयोगमा छिटो पदाधिकारी सिफारिस गरिनुपर्छ, भोलिदेखि परीक्षा, बढुवा, अन्तरवार्ता, नतीजा प्रकाशन सबै रोकिन्छ, सचिवसम्मको बढुवा रोकिन्छ, पदाधिकारी नहुँदा निजामती र सङ्गठित संस्थामा कर्मचारी अभाव हुन्छ, यसैले छिटो पदाधिकारी सिफारिस गरिनुपर्छ”, उनले भने ।

आयोगले निजामतीका साथै ११९ सङ्गठित संस्थाको कर्मचारी नियुक्ति प्रक्रियामा काम गर्दै आएको छ । आयोगको क्षेत्राधिकार विस्तारपछि सङ्गठित संस्थामा आवेदन दिनेको सङ्ख्यासमेत बढ्न थालेको छ । ती संस्थामा समेत निजामती सेवामा जस्तै योग्य कर्मचारी स्वच्छ र निष्पक्ष रुपमा सिफारिस गर्ने आयोगको प्रतिबद्धता छ ।

आयोगमा देखिएका समस्या

विसं २०७१ चैत ११ गतेदेखि आजसम्मको छ वर्षे अवधिमा आयोगको परामर्शलाई झञ्झट र बोझका रुपमा लिने गरेको पाइएको अध्यक्ष मैनालीले सुनाए । परामर्श नै नलिने वा लिएकामा फगत औपचारिकता निर्वाहको रुपमा लिने गरेको पाइएको छ ।

अधिकांश परामर्श अनादर गरिएको आयोगको गुनासो छ । यसबाट संविधानको आशय र भावनाको अवमूल्याङ्कन भएको छ । ‘‘अझै पनि आयोगलाई छलेर अस्थायी, करार, ज्यालादारी आदिमा भर्ना गरेर आफ्नालाई बर्कोभित्रबाट सरकारी सेवामा छिराउने काम रोकिएको छैन’’, आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

सीमित प्रतियोगिता, स्वतः बढुवा, सीमित खुला प्रतियोगिता, ज्यालादारी, अस्थायीलाई उमेर हद नलाग्ने जस्ता योग्यता प्रणाली प्रतिकुलका पदपूर्तिका अभ्यास गर्नका लागि सेवा शर्तसम्बन्धी कानून आयोगको परामर्शमा निर्माण गर्न नचाहेको देखिएको निष्कर्ष पत्रकार सम्मेलनमा सार्वजनिक गरियो । सार्वजनिक संस्थाको पाठ्यक्रम अनुपयुक्त रहेकाले यसलाई परिमार्जन गर्ने काम चुनौतीपूर्ण रहेको आयोगले जनाएको छ । निजामती सेवाको अप्राविधिकतर्फको पाठ्यक्रम परिमार्जन भए पनि प्राविधिकतर्फको पाठ्यक्रम परिमार्जन गर्न बाँकी रहेको कार्यक्रममा जानकारी गराइएको छ ।

विश्वमै परीक्षण विधिमा नवीन प्रयोग भइरहेकामा आयोगले पनि त्यसलाई अवलम्बन गर्न स्रोत, साधन र क्षमता बढाउनुपर्ने माग गरेको छ । कुनै पनि परीक्षण विधि पूर्ण नहुने भएकाले पूर्णतातिर लैजाने खालका परीक्षण विधि क्रमशः भित्र्याउनु चुनौतीपूर्ण रहेको आयोगको ठहर छ ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ९ : ०२ बजे

चौध वर्षमुनिका २७ जनामा क्षयरोग

चितवन– चालु आर्थिक वर्षमा जिल्लामा ६२३ जना क्षयरोगबाट पीडित भएका

हिरासतमा रहेका र बेपत्ता राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस मनाइँदै

काठमाडौँ– आज हिरासतमा रहेका र बेपत्ता पारिएका संयुक्त राष्ट्रसङ्घका कर्मचारीप्रति

बेनी–जोमसोम सडकको सिरुबारीमा पहिरो रोक्न ‘बेञ्चिङ’ विधि

म्याग्दी– भारत र चीन जोड्ने कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको

स्टार बनाउने ‘गडफादर’ : कसले कसलाई दिए ब्रेक ?

काठमाडौँ- सामान्यताः अरुले प्रभुत्व जमाइरहेको क्षेत्रमा नयाँ व्यक्तिलाई अवसर मिल्न

वीरगञ्ज भन्सारबाट सात महिनामा एक खर्ब २३ अर्ब बढीको पेट्रोलियम पदार्थ आयात

वीरगन्ज– चालु आर्थिक वर्षको प्रथम सात महिनामा एक खर्ब २३