‘एक गाउँ, एक बैँक’को अवधारणा पालना गर्न प्रदेश प्रमुख झा को सुझाव « Khabarhub

‘एक गाउँ, एक बैँक’को अवधारणा पालना गर्न प्रदेश प्रमुख झा को सुझाव


१० चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– प्रदेश २ का प्रदेश प्रमुख डा. राजेश झाले ‘एक गाउँ, एक बैँक’को अवधारणा अनुसार बैंक शाखा विस्तार गर्न सुझाव दिएका छन् ।

मंगलबार प्रदेश प्रमुख झाले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी , कृषि विकास बैँकका सीईओ, एनएमबी बैँकका सीईओ, नेपाल बैँक लिमिटेडको सीईओ, बैंकिङ एसोसिएसनका अध्यक्ष र प्रदेश २ मा रहेका अन्य बैँकका प्रमुखसँग सामुहिक छलफल गर्दै उक्त सुझाव दिएका हुन् ।

उनले श्रम बेच्न युवाहरु विदेश जान नपरोस्, बैंकिङ कारोबारका सेवाग्राहीले सहज सेवा पाउन् र नयाँ योजना बोकेका युवाहरु पैसाको अभावमा सपना तुहाउन बाध्य नहोउन् भन्ने विषयमा बैँकका प्रमुखहरुसँग छलफल गरेको प्रदेश प्रमुख झाको सचिवालयले जनाएको छ ।

छलफलमा बैँकले जसलाई खाता भन्छ त्यो खाता नभएर ‘नाता’ हो भन्दै विश्वास र सहकार्य कायम गरेर अघि बढ्न पनि उनले सुझाव दिए ।

राष्ट्र बैँकका गर्भनर महाप्रसाद अधिकारीले खाता होइन नाता भन्ने विषयमा ध्यानाकर्षण भएको बताए । उनले कार्यक्रममा उपस्थित बैँकर्सहरुलाई किसान र युवासँग गाउँ गाँउ, टोलटोलसम्म पुग्न पनि निर्देशन दिए ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ७ : १८ बजे

जेन-जी घाइतेलाई निःशुल्क एमबीबीएस : निर्णय फिर्ता लिन डा. केसीको माग

काठमाडौं– प्रा.डा. गोविन्द केसीले ‘जेन-जी घाइते’लाई निःशुल्क एमबीबीएस अध्ययनको अवसर

युद्धयता पहिलो पटक दुई अमेरिकी युद्धपोतले छिचोल‍े स्ट्रेट अफ होर्मुज

तेहरान- इस्लामाबादमा अमेरिका र इरानबीच वार्ता चलिरहेकै समयमा स्ट्रेट अफ

तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता

मलेखु– सभामुख डोलप्रसाद अर्यालले देश र जनताका खातिर तटस्थ रहेर काम

रहिनन् भारतीय गायिका आशा भोसले

मुम्बई- गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ।

‘राम नाम सत्य’को कमजोर ओपनिङ, आयुषले गर्न पाउलान् त सिक्वेल ?

काठमाडौं – मल्टिस्टारर एक्सन फिल्म ‘राम नाम सत्य’को ओपनिङ कमजोर