कतार एयरवेजमार्फत नेपाल फर्किंदा अब पीसीआर रिपोर्ट नचाहिने | Khabarhub Khabarhub

कतार एयरवेजमार्फत नेपाल फर्किंदा अब पीसीआर रिपोर्ट नचाहिने


१० चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– कतारबाट कतार एयरवेजमार्फत नेपाल फर्किने यात्रुका लागि अबदेखि कोरोना परीक्षणको पीसीआर रिपोर्ट नचाहिने भएको छ ।

एयरलाइन्सले आफ्नो वेबसाइटमा नेपालसहित अर्मेनिया, बंगलादेश, बाज्रिल, भारत, इरान, इराक,नाइजेरीया,पाकिस्तान, फिलिपिन्स, रसिया, श्रीलंका र तान्जानियाका यात्रुले पीसीआर रिपोर्ट आवश्यक नपर्ने जनाएको हो ।

‘कतार एयरवेजमार्फत यात्रुको गन्तव्यसम्म सुरक्षित रुपमा पुर्‍याउने जिम्मा हामी लिन्छौं, हाम्रो नयाँ नियमबारे सबैलाई जानकारी दिन चाहन्छौं कि कतार एयरवेजले १३ वटा देशका यात्रुले यात्रा गर्दा पीसीआर रिपोर्ट अब आवश्यक पर्नेछैन ।’, एयरवेजलाई उदृत गर्दै पेनिन्सुला पत्रिकाले लेखेको छ ।

यसअघि प्रत्येक यात्रुले यात्राअघि कोरोना भाइरस परीक्षण गरेको ‘नेगेटिभ पीसीआर रिपोर्ट’ अनिवार्य देखाउनु पर्दथ्यो । कतार एयरवेजको यो निर्णयसँगै अब कतारबाट नेपाल फर्किने नेपालीहरुका लागि थप सहज हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  १० : ४५ बजे

आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै

महानगरले माग्यो नीति तथा कार्यक्रमका लागि सुझाव

काठमाडौं– काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम

कराँतेमा नेपाल किन कमजोर ?

काठमाडौं- क्रिकेटमा नेपाली खेलाडीहरुले विश्वमा राम्रो छवि बनाउन सफल भएता

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही जेठ ७ गते विश्वासको

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं– संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक बस्दैछ। बैठक दिउँसो सवा १