पडिकलको शतकमा बैंगलोरको जित « Khabarhub

पडिकलको शतकमा बैंगलोरको जित


१० बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- देवदत्त पडिकलको शतक मद्दतमा रोयल च्यालेन्जर्स बैंगलोरले आईपीएल टी-ट्वान्टी क्रिकेटमा लगातार चौंथो जित निकालेको छ ।

बिहीबार राति भएको खेलमा राजस्थानलाई १० विकेटले पराजित गर्दै बैंगलोरले चौंथो जित निकालेको हो ।

राजस्थानले दिएको १ सय ७८ रनको लक्ष्य बैंगलोरले १६ ओभर ३ बलमा बिना विकेटको क्षतीमा पूरा गर्‍यो ।

बैंगलोरको जितमा पडिकलले अविजित १ सय १ रनको शतकीय इनिङ्स खेले । उनको यो आईपीएलमा पहिलो शतक हो  ।

कप्तान विराट कोहलीले अविजित ७२ रनको इनिङ्स खेले । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ७७ रन बनाएको थियो ।

राजस्थानका लागि शिबम डुबेले सर्वाधिक ४६ रन बनाए । राहुल टेवाटियाले ४० रन जोड्दा रियान परागले २५ रन बनाए ।

जितसँगै बैंगलोर ४ खेलमा ८ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । ४ खेलमा २ अंक रहेको राजस्थान पुछारमा रहेको छ ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ६ : १० बजे

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको

उपचारका क्रममा किशोरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त

बरहथवा– सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि

घरदैलोमा पुगिसके उम्मेदावर, अझै तयार भएनन् दलका घोषणापत्र

काठमाडौं- आगामी फागुन २१ का लागि तोकिएको निर्वाचन आउन अब

मधेस प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचनमको अन्तिम नतिजा सार्वजनिक

महेन्द्रनगर– मधेस प्रदेशमा सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचन २०८२ को अन्तिम