आजको मौसम : यी स्थानमा हुन सक्छ हावाहुरी र चट्याङसहितको वर्षा « Khabarhub

आजको मौसम : यी स्थानमा हुन सक्छ हावाहुरी र चट्याङसहितको वर्षा


१० बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आज पनि मुलुकका विभिन्न स्थानमा हावाहुरी र चट्याङसहितको वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मुलुकमा स्थानीय र पश्चिमी वायुको प्रभाव कायमै रहँनु तथा प्रिमनसुनको समय भएकाले आज पनि ठाउँठाउँमा वर्षाको पूर्वानुमान गरिएको हो ।

महाशाखाका अनुसार आज दिउँसो र राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका भू-भागमा आंशिकदेखि सामान्य बदली र अन्य पहाडी भू-भागहरुमा आंशिक बदली रहनेछ ।

सुदूरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशका पहाडी भू-भागहरुका थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग/हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तो छ आगामी तीन दिनको पूर्वानुमान

वैशाख १० गते (शुक्रबार)

दिउँसोः देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका भू-भागमा आंशिकदेखि सामान्य बदली र अन्य पहाडी भू-भागहरुमा आंशिक बदली रहनेछ ।

सुदूरपश्चिम प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशका पहाडी भू-भागहरुका थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ/हावाहुरीसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ ।

राति :  देशको सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका भू-भागहरुमा आँशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशका पहाडी भूभागहरुमा आँशिक बदली रही थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ/हावाहुरीसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ ।

वैशाख ११ गते (शनिबार)

बिहान:  देशभर आँशिक देखि सामान्य बदली रही वाग्मती प्रदेश , सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ/हावाहुरीसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ ।

राति :  देशका पहाडी भू-भागमा आँशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहनेछ।

वैशाख १२ गते (आइतबार)

बिहान:  देशका पहाडी भू-भागमा आँशिक बदली रही अन्य भू-भागमा आंशिक बदली रहनेछ।

राति :  देशका पहाडी भू-भागमा आँशिक बदली रही अन्य भू-भागमा आंशिक बदली रहनेछ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ८ : १५ बजे

ओलीलाई गैरकानुनी हिरासतमा राखिएको भन्दै राधिका शाक्य सर्वोच्च जाँदै

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

आरसिबीका लागि विराटको नटआउट विष्फोटक ब्याटिङ २०२ रनको लक्ष्य १५.४ ओभरमै पूरा

काठमाडौँ – रोयल च्यालेन्जर्स बेङ्गलोर (आरसिबी) ले इन्डियन प्रिमियर लिग

पूर्वमन्त्री कांग्रेस नेता दीपक खड्का पक्राउ

काठमाडौँ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वमन्त्री

प्रधानमन्त्री र मन्त्रीको दैनिक ‘मापसे र लापसे’ जाँच गर्न हर्क साम्पाङको माग

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

तेह्रथुम– तेह्रथुमको फेदाप गाउँपालिका–१ मा पोक्लाबाङ सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण