मलाई कोफ्ता करी (भेजिटेबल) बनाउने तरिका | Khabarhub Khabarhub

मलाई कोफ्ता करी (भेजिटेबल) बनाउने तरिका


९ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सामग्री :

आधा धार्नी आलु, ४०० ग्राम पनिर, ५० ग्राम खुवा, २० ग्राम काजु, १० ग्राम किसमिस, १०० ग्राम कर्नफ्लोर, ४० मि.लि. क्रिम, तेल फ्राई गर्न पुग्ने, २० ग्राम गरम मसलाको पाउडर, २० ग्राम मरिचको धुलो, ५ ग्राम धनियाँ, जिरा, खुर्सानी, बेसार, नुन स्वाद अनुसारको धनियाँपत्ता काटेको, बदाम पिँधेको ।

बनाउने विधि :

थोरै पानीमा आलु गल्ने गरी उसिन्नु र बोक्रा छोडाई गिर्खा नरहने गरी मुछ्नु साथमा १०० ग्राम पनिर सहित १०० ग्राम कर्नफ्लोर तेलमा सबै मसला राखी ५ मिनेट जति भुट्नु । अब बाँकी खुवा पनिर काजु, किसमिस, क्रिम, वटर, पिनटको पेष्ट सबैलाई मिक्स गरी राख्नु, आलुलाई गोलो गोलो बनाई पनिर भएको मसला बीचमा राखी राम्रोसँग बन्द गर्नु र ब्रेडक्राम लगाई रातो हुने गरी फ्राई गर्नु ।

ग्रेविको लागि : २०० ग्राम प्याज काटेको, २५/२५ ग्राम अदुवा लसुन पिँधेको, ५० ग्राम गोलभेँडा काटेको तयार गरी प्याजलाई रातो हुने गरी फ्राई गर्नु र लसुन अदुवा गोलभेँडा राख्नु । तेल निक्लिने गरी भुट्नु अन्य मसला राखी ग्रेवीलाई तयार गर्नु र फ्राई गरेको कोफ्ता ग्रेविमा राख्नु । तयार भयो ।

साभार :सजिलो कुकिङपुस्तकबाट

 

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  ६ : ०४ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र