कोभिड कहरमा बाल मनोवैज्ञानिक शिक्षामा ध्यान दिन आग्रह « Khabarhub

कोभिड कहरमा बाल मनोवैज्ञानिक शिक्षामा ध्यान दिन आग्रह


९ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली- नयाँ भेरियन्टसहितको कोरोना महामारीले मुलुकमा कृषि, पूर्वाधार विकास, आर्थिकलगायतका विभिन्न क्षेत्र जस्तै शैक्षिक क्षेत्र पनि यतिबेला ठप्प छ ।

विद्यालय, कलेज र विश्वविद्यालय सम्पूर्ण बन्द छन् ।  बन्दको प्रत्यक्ष मार विद्यालयमा अध्ययनरत बालबालिकादेखि विश्वविद्यालयमा पढ्ने युवा विद्यार्थीहरुमा परिरहेको छ ।

शहरी क्षेत्रमा अनलाइनका माध्यमबाट शिक्षण क्रियाकलाप भए पनि ग्रामीण दुर्गम भेगमा अध्ययनरत विद्यार्थीका लागि यो संभावना छैन । यसबाट बालबालिकाको पठनपाठन मात्र नभई उनीहरुको मनोविज्ञानमा प्रत्यक्ष असर पर्दै गएको छ ।

कोरोना कहरबाट उब्जेको सङ्कटको बीचमा एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन केन्द्रीय कार्य समितिले ‘कोभिड–१९ को प्रभाव र शैक्षिक परामर्श’ विषयक तीन दिवसीय वृहत् राष्ट्रिय प्रवचन भर्चुअल कार्यक्रम शनिबारदेखि सञ्चालन गरेको छ ।

कार्यक्रमको पहिलो सत्रमा शैक्षिक अभियानकर्मी श्रीमन्त भट्टराईले ‘बाल मनोविज्ञान र व्यावहारिक सिकाइ’का विषयमा आफ्नो प्रस्तुति राख्दै कोरोना कहर घरमै रहेका बालबालिकालाई व्यावहारिक शिक्षा दिने उत्तम अवसर भएको बताए ।

उनले भने, “हामी डिग्री चाहन्छौँ, सीप चाहान्नौँ । अङ्क चाहान्छौँ तर संस्कार र नैतिकता चाहान्नौँ । हाम्रो शिक्षा व्यावहारिक नहुँदा कृषि प्रधान देशमा कृषिकर्म गर्नु अभिशाप ठानियो जसले युवा जनशक्तिलाई विदेश भासिन बाध्य बनायो ।”

पढेरभन्दा गरेर सिकिने ज्ञान व्यावहारिक हुने भन्दै उहाँले यो समयमा घरमै बालबालिकालाई तार जोड्न, खाना पकाउन, भाँडा माझ्न, सरसफाइ गर्न, करेसाबारीमा काम गर्न, वातावरणअनुसारको रोजाइको काम गर्ने अवसर प्रदान गर्न अभिभावक तथा शिक्षकहरुलाई सल्लाह दिए ।

सूचना र प्रविधिको विकास नहुँदै बालबालिकाका लागि डा मारिया मन्टेश्वरीले शुरु गरेको विधिबमोजिम बाल मनोविज्ञान बुझेर उनीहरुलाई सिक्ने वातावरण तयार गर्न सकेमात्र शिक्षक, अभिभावक र विद्यार्थीको साझा उद्देश्य पूरा हुने उनको भनाइ थियो । यद्यपि बालबालिकालाई घर र सामाजिक वातावरणले प्रदान गर्ने संस्कार भने राम्रो हुनुपर्नेमा उनको जोड थियो ।

कार्यक्रममा नेपाल मनोक्रान्तिका द्रष्टा तथा दार्शनिक डा योगी विकासानन्दले कोरोना महामारीको यस सङ्कटपूर्ण अवस्थामा बोक्रे शक्ति र गुदी शक्तिले काम गरेको तर्क गरे ।

“कोरोनाले मर्छ र भ्याक्सिनले बचाउँछ । यो बोक्रे शक्ति हो”, उनले भने, “रोग प्रतिरक्षात्मक शक्ति प्रणाली कमजोर हुँदा मान्छे मर्छ, यो गुदी शक्ति हो ।”

उनले प्रतिरक्षा प्रणाली बचाउन अश्वगन्धाको प्रयोग, ध्यान, योगा नै कोरोना विरुद्धको ठूलो भ्याक्सिन भएको दावी गरे । भात घटाएर ‘ग्रीन’ सलाद खान र भिटामिन ‘डी’ लिन आग्रह गर्दै डा योगीले प्रतिरक्षा प्रणाली बलियो बनाउने पाठ्यक्रम बनाउन सरकारलाई सुझाव दिए ।

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका केन्द्रीय अध्यक्ष शङ्कर अधिकारीले शिक्षक, अभिभावक र विद्यार्थीसँग करिब सबैपक्ष जोडिने कुरालाई केन्द्रमा राखेर ‘कोभिड–१९ को प्रभाव र शैक्षिक परामर्श’ दिने प्रमुख उद्देश्यले तीन दिवसीय वृहत् राष्ट्रिय प्रवचन कार्यक्रम गरिएको बताए । कार्यक्रममा शिक्षक, अभिभावक र विद्यार्थी गरी ८११ जनाको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  १० : २५ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर