नवलपारसीमा सेनाको जीप दुर्घटना, छ जना घाइते | Khabarhub Khabarhub

नवलपारसीमा सेनाको जीप दुर्घटना, छ जना घाइते


९ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी- सल्यानबाट काठमाडौं जाँदै गरेको नेपाली सेनाको बोलेरो जीप नवलपरासीपूर्व कावासोती जंगलमा दुर्घटना भएको छ ।

दुर्घटनामा सेनाका ६ जना घाइते भएका छन् ।  भे १ ज ३८४ नम्बरको जीप खरकट्टा जंगलमा आफै अनियन्त्रित भएर आज बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । जीपमा १२ जना सवार थिए ।

घाइतेहरू सबुज गण सल्यानमा कार्यरत नेपाली सेनाका ६ जना छन् । उनीहरूको कावासोतीस्थित नवलपुर अस्पतालमा उपचार भइरहेको छ ।

घाइते हुनेमा धादिङ धुन्चे नगरपालिका वडा नं. २ का ४० वर्षका हवल्दार राजकुमार सापकोटा, काभ्रेको धुलिखेल नगरपालिका वडा नं. ११ का ३१ वर्षका प्युठ सन्त तामाङ, तनहुँको व्यास नगरपालिका वडा नं. १ बस्ने वर्ष २८ का मंगल वि.क, काभ्रेकै बनेपा नगरपालिका वडा नं. ८ वस्ने वर्ष ३३ को मोची शेखर मगराती, तनहुँकै खैरेनीटार वडा नं. ६ का वर्ष ३२ का सुचिकार विकास परियार र नुवाकोटको ताडी गाउँपालिका वडा नं. २ का वर्ष ३२ का वकासी हरिचन्द्र सिटौला छन् ।

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  ९ : १२ बजे

अनुदानको प्रतीक्षामा बाँकेका किसान

राँझा– नेपालगञ्जस्थित कृषि ज्ञान केन्द्रमा कृषि अनुदानका लागि दैनिक किसानको

साइबर अपराधमा सनसनी मच्चाउने ह्याकर

युरोपको एउटा कुख्यात ह्याकर जेल परे । ३३ हजार भन्दा

हमासले स्वीकार गर्‍यो युद्धविरामको प्रस्ताव

काठमाडौं– हमासले सात महिना लामो युद्ध अन्त्य गर्न युद्धविरामको प्रस्ताव

चट्याङ लागेर बालकको मृत्यु

अछाम– चट्याङ लागेर रामारोशन गाउँपालिका–७ मेलकाटिया निवासी कमल भण्डारीका छ

दुग्ध विकास संस्थानलाई सघाउँदै मधेस प्रदेश कृषि मन्त्रालय

जनकपुरधाम– सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान, जनकपुर दुग्ध वितरण