कोभिड १९ रोकथाम र नियन्त्रणमा शारदा ग्रुपको सहयोग « Khabarhub

कोभिड १९ रोकथाम र नियन्त्रणमा शारदा ग्रुपको सहयोग


९ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शारदा ग्रुपले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि विभिन्न सहयोग गरेको छ ।

ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सुनसरीको दुहबी नगरपालिकामा ३० बेडको आइसोलेसन सेन्टर र १५ बेडको आईसीयू भएको कोभिड अस्पताल सञ्चालनका लागि सम्पूर्ण बिरामीको लागि निशुल्क अक्सिजन र निशुल्क औषधी उपलब्ध गराउने जिम्मेवारी लिएको छ ।

त्यस्तै बिरामीको निःशुल्क प्याकेज खाना र बिरामी कुरुवाका लागि निःशुल्क भोजनको समेत ब्यवस्था गरेको छ ।

त्यस्तै काठमाडौँमा यस ग्रुपले नेपाल उद्योग परिसंघ मार्फत अक्सिजन प्लान्ट सञ्चालनको लागि सहयोग गर्नुका साथै माडवारी सेवा समिति अन्तर्गत गौशाला रहेको ५१ बेडको आइसोलेसन सेन्टर सञ्चालनको लागि ४ लाख नगद का साथसाथै बिरामीहरुलाई निःशुल्क अक्सिजन उपलब्ध गराइरहेको छ ।

त्यस्तै लाहान नगरपालिकामा भर्खरै बनेको २५ बेडको आइसोलेसन सेन्टरलाई निःशुल्क औषधी र निःशुल्क अक्सिजन उपलब्ध गराउने पूर्ण रुपमा जिम्मेवारी लिएको जनाएको छ ।

कोभिडका बिरामीहरु र बिरामी कुरुवाहरुका लागि निःशूल्क भोजन उपलब्ध गराउनका लागि समेत पहल भइरहेको ग्रुपले जनाएको छ ।

यस ग्रुपको समेत लगानी रहेको शिवम् सिमेन्ट र होङ्सी शिवम् सिमेन्ट कम्पनीहरुले समेत ब्यवसायिक सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न कामहरु गरिरहेका छन् ।

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  १२ : ४२ बजे

चुनाव बिथोल्ने गतिविधि गरेको आरोपमा वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य पक्राउ

काठमाडौँ- आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टीका केन्द्रीय सदस्य पक्राउ परेका

एमाले घोषणापत्र : श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार पुर्‍याइने

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रतिनिधिसभा निर्वाचन २०८२ घोषणापत्र

एमाले नेता रामवीर मानन्धर कांग्रेसमा प्रवेश

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं पूर्वमन्त्री रामवीर

विश्वकप : अफगानिस्तानले क्यानडालाई दियो २०१ रनको लक्ष्य

काठमाडौं – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘डी’को खेलमा

रुफटफ भएका गाडी उम्मेदवारले प्रयोग गर्नै नपाउने

काठमाडौँ- केन्द्रीय सुरक्षा समितिले उम्मेदवारले छत खोल्न मिल्ने गाडी (रुफटफ)