कोभिड १९ रोकथाम र नियन्त्रणमा शारदा ग्रुपको सहयोग « Khabarhub

कोभिड १९ रोकथाम र नियन्त्रणमा शारदा ग्रुपको सहयोग


९ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शारदा ग्रुपले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि विभिन्न सहयोग गरेको छ ।

ग्रुपले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सुनसरीको दुहबी नगरपालिकामा ३० बेडको आइसोलेसन सेन्टर र १५ बेडको आईसीयू भएको कोभिड अस्पताल सञ्चालनका लागि सम्पूर्ण बिरामीको लागि निशुल्क अक्सिजन र निशुल्क औषधी उपलब्ध गराउने जिम्मेवारी लिएको छ ।

त्यस्तै बिरामीको निःशुल्क प्याकेज खाना र बिरामी कुरुवाका लागि निःशुल्क भोजनको समेत ब्यवस्था गरेको छ ।

त्यस्तै काठमाडौँमा यस ग्रुपले नेपाल उद्योग परिसंघ मार्फत अक्सिजन प्लान्ट सञ्चालनको लागि सहयोग गर्नुका साथै माडवारी सेवा समिति अन्तर्गत गौशाला रहेको ५१ बेडको आइसोलेसन सेन्टर सञ्चालनको लागि ४ लाख नगद का साथसाथै बिरामीहरुलाई निःशुल्क अक्सिजन उपलब्ध गराइरहेको छ ।

त्यस्तै लाहान नगरपालिकामा भर्खरै बनेको २५ बेडको आइसोलेसन सेन्टरलाई निःशुल्क औषधी र निःशुल्क अक्सिजन उपलब्ध गराउने पूर्ण रुपमा जिम्मेवारी लिएको जनाएको छ ।

कोभिडका बिरामीहरु र बिरामी कुरुवाहरुका लागि निःशूल्क भोजन उपलब्ध गराउनका लागि समेत पहल भइरहेको ग्रुपले जनाएको छ ।

यस ग्रुपको समेत लगानी रहेको शिवम् सिमेन्ट र होङ्सी शिवम् सिमेन्ट कम्पनीहरुले समेत ब्यवसायिक सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न कामहरु गरिरहेका छन् ।

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  १२ : ४२ बजे

सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ