गायकद्वय प्रसाईं र जङगमको ‘बन्छ नेपाल’ गीतको लिरिकल भिडियो सार्वजनिक « Khabarhub

गायकद्वय प्रसाईं र जङगमको ‘बन्छ नेपाल’ गीतको लिरिकल भिडियो सार्वजनिक


९ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गायकद्वय सुराच प्रसाईं र अजर जङगमको राष्ट्रिय भावनाले ओतप्रोत ‘बन्छ नेपाल’ गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ ।

गायक प्रसाईंको आफ्नै युट्युब च्यानल ‘सुराच प्रसाईं अफियल’ मार्फत आइतबार उक्त गीतको भिडियो सार्वजनिक भएको हो । गायक प्रसाईंकै शब्द रचना र संगीत रहेको गीतमा अर्का गायक अजर जङगमको पनि स्वर रहेको छ ।

गीतमा देवेन्द्र नेवाले एरेन्ज गरेका छन् । गीतमा आफू बाँच्दा देश मर्छ भने बाच्नुको कुनै अर्थ नभएको भन्दै राष्ट्र प्रेमको भवनालाई प्रस्तुत गरिएको छ ।

देशमा पछिल्लो समय व्यक्तिगत स्वार्थका कारण राजनीतिक उथलपुथल भइरहेको अवस्थामा यो गीतका शब्दहरुले वास्तविक वस्तुस्थितिलाई उतारेको गरेको पाइन्छ ।

केही समय अघि मात्रै सुराच प्रसाईंको शब्द र संगीत रहेको तथा अजर जङगमले नै गाएको ‘तिरिमिरी’ बोलको गीतले निक्कै चर्चा कमाएको थियो ।

भिडियो

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  २ : ४९ बजे

देश भ्रमले होइन, श्रमले चल्छ : हर्क साम्पाङ

कर्णाली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले

संगीतकार नागेन्द्र श्रेष्ठको ‘सुन मायालु’ सार्वजनिक

काठमाडौँ- गायक तथा संगीतकार नागेन्द्र श्रेष्ठको नयाँ गीत ‘सुन मायालु’

सन्दीप आवद्ध राजशाहीले जित्यो बिपिएलको उपाधि

काठमाडाैं – बंगलादेश प्रिमियर लिग (बिपिएल)को उपाधि राजशाही वारियर्सले जितेको

गगनलाई भावी प्रधानमन्त्रीमा अघि सारेपछि पौडेलले भने- परिवर्तनको यात्रामा सहकार्य गरौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा सहकार्य

देश परिवर्तनको यात्रामा सहकार्य गराैँ : महामन्त्री पौडेल

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा