चुम्बनले रोग प्रतिरोधी क्षमता बढाउने ! « Khabarhub

चुम्बनले रोग प्रतिरोधी क्षमता बढाउने !


९ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चुम्बन, प्रेम अनुभूतिको प्रतिक मानिन्छ । प्रेमी जोडीले आफ्नो भावनालाई चुम्बनको माध्यमद्वारा व्यक्त र साटासाट गर्दछन् । तर, चुम्बन केवल प्रेमको अभिव्यक्तिमा मात्र नभई स्वास्थ्यका दृष्टिले पनि फाइदाजनक छ ।

१. तनाव कम
चुम्बन गर्दा शरीरमा अक्सटोसिन नामक हर्मोन पैदा हुन्छ । यो शरीरलाई तनावमुक्त राख्न मद्दत गर्ने प्राकृतिक हर्मोन हो । चुम्बन गर्ने जोडिहरु सधै तनावमुक्त हुन्छन् ।

२. मुटुकालागि फाइदाजनक
चुम्बनले रक्तचाप र कोलेस्ट्रोल नियन्त्रित गर्दछ । साथै मुटु स्वस्थ राखी मुटुसम्बन्धी रोगबाट बचाउँछ ।

३. दुखाई बिर्साउछ
यो सुन्दा अनौठो लाग्न सक्छ तर दिनभरको कामको चापले शरीरमा थकान महशुस हुन्छ भने आफ्नो जोडीसंग चुम्बन गर्दा यसले पेनकिलरको जस्तै काम गर्छ ।

४. क्यालोरी घटाउँछ
चुम्बनले क्यालोरी समेत कम गर्दछ । एक मिनेटसम्म चुम्बन गर्दा २ देखि ६ क्यालोरीसम्म कम गर्न सकिन्छ ।

५. अनुहारको मांसपेशी मजबूत
चुम्बनले अनुहारको मांसपेशीको व्यायाम हुन्छ साथै मजबुत बन्दछ । चुम्बनका बेला अनुहारको ३० मांसपेशीको प्रयोग हुन्छ, यसले गालालाई सही आकारमा राख्न मद्दत पुग्छ ।

६. एलर्जी घटाउँछ
चुम्बनबाट रगतमा एलजीई एण्टीबडीजको स्तर कम हुन्छ । यो एण्टीबडीजले हिस्टामाइन निकाल्दछ । यो हर्मोन आँछ्यु र आँखाबाट पानी आउनेजस्ता समस्याको कारक बन्दछ । तर, चुम्बनले यी सबै समस्याको समाधान गर्दछ ।

७. महिलामा लाभ
जर्नल मेडिकल हाइपोथेसिसमा प्रकाशित अध्ययन अनुसार चुम्बनले महिलाको रोग प्रतिरक्षा प्रणालीलाई वृद्धि गर्दछ । चुम्बनबाट महिलाहरु साइटोमेगालो भाइरसबाट बच्न सक्छन् ।

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  ३ : २९ बजे

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

कालीगण्डकीले धार फेरेपछि उजाडियो तिल्केनीचौर बस्ती

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरका गमबहादुर सेञ्चुरीको घर नजिकै दुई

वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा

काठमाडौँ– लगातारको वर्षाले खेल प्रभावित हुँदा समूह विजेता बन्दै क्वाटरफाइनल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६