अफगान सेनाको कारबाहीमा १४ तालिबानीको मृत्यु « Khabarhub

अफगान सेनाको कारबाहीमा १४ तालिबानीको मृत्यु


९ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अफगान वायुसेनाको कारबाहीमा १४ तालिबानी लडाकू मारिएका छन् ।

समानगान प्रान्तको फिरोज नाखचिर जिल्लामा गरिएको कारबाहीमा तालिबानी विद्रोही लडाकूहरु मारिएको अफगान रक्षा मन्त्रालयले पुष्टि गरेको छ । तालिबानी लडाकूहरु लुकेर बसेको भन्ने सूचनाका आधारमा सेनाले कारबाही गरेको बताएको छ ।

मन्त्रालयले तालिबान समूहको आश्रय स्थल, पाँच वटा क्षेप्यास्त्र, दुई वटा भारी बन्दुक तथा सात वटा राइफल पनि ध्वस्त बनाइएको जनाएको छ ।

तालिबान समूहले पछिल्ला केही समयदेखि सरकारी सुरक्षा फौजलाई लक्षित गरी देशैभर हिंसात्मक घटनाहरु बढाएका छन् । खासगरी अफगानिस्तानमा तैनाथ अमेरिकी र नेटो सैनिकहरु आगामी सेप्टेम्बर ११ अगाबै स्वदेश फर्कन लागेसँगै तालिबानले देशव्यापी हिंसा मच्चाएको मानव अधिकारवादी समूहहरुले बताएका छन् ।

गत महिना मात्र तालिबानले देशका ४० भन्दा बढी जिल्लाहरु आफ्नो नियन्त्रणमा लिएका छन् । पछिल्लो घटनाका बारेमा तालिबान समूहले कुनै प्रतिक्रिया जनाएको छैन ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  ७ : २५ बजे

माघ शुक्ल प्रतिपदा : हर्षोल्लासपूर्वक मनाइँदै सोनाम ल्होसार

काठमाडौं – तामाङ समुदायले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन

प्रतिनिधि सभा निर्वाचन ४५ दिन बाँकी : आचारसंहिता लागू

काठमाडौं – निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल  माघ ५ गते सोमबार ।

 आज २०८२ साल माघ ५ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल  माघ ५ गते सोमबार ।