सुनौला हजार दिनका आमालाई पोषणयुक्त कोसेली « Khabarhub

सुनौला हजार दिनका आमालाई पोषणयुक्त कोसेली


९ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी– जिल्लाको पूर्वीचौकी गाउँपालिकाले आफ्ना पालिकामा भएका सुनौला हजार दिनका आमालाई पोषणयुक्त खानेकुरासहितको उपाध्यक्ष कोसेली वितरण शुरु गरेको छ ।

गाउँपालिकाले पालिकामा रहेका सुनौला हजार दिनका सुत्केरी भएका विपन्न, दलित आमालाई उपाध्यक्ष कोसेली कार्यक्रमअन्तर्गत ‘पोषण झोला’ वितरण कार्यक्रमको शुरुआत गरेको हो । कार्यक्रम शुरु भएदेखि अहिले त्यहाँका निर्वाचित जनप्रतिनिधि तथा कर्मचारी उपाध्यक्ष कोसेली बोकेर सुत्केरी आमाका घरघरमा जान थालेको बताइएको छ ।

उक्त कार्यक्रमअन्तर्गत अहिले पालिकाका सातवटै वडामा रहेका सुनौला हजार दिनका आमाका घरैमा पुगेर उक्त ‘पोषण झोला’ वितरण गरिन थालिएको उपाध्यक्ष निर्मला साउदले बताइन । उनले भनिन्, “गाउँमा सुत्केरी भएका हजार दिनका आमालाई हामीले घरैमा पुगेर पोषणयुक्त कोसेली वितरण गर्न थालेका छौँ, कोसेलीले आमा र बच्चाको स्वास्थ्य राम्रो हुनेछ ।”

सुत्केरी भएका आमाले राम्रो खानेकुरा खान नपाएका कारण बच्चालाई कुपोषण हुने तथा आमा र बच्चा दुवैको स्वास्थ्यमा समस्या आउने भएकाले उक्त कार्यक्रम लागू गरिएको गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले जानकारी दिए ।

उक्त कार्यक्रमअन्तर्गत पालिकाभरिमा रहेका ८४ आमालाई कोसेली पोषण झोलामा एक क्यारेट अण्डा, एक लिटर तोरीको तेल, एक किलो चिनी, एक किलो चना, दुई प्याकेट चियापत्ती, एक प्याकेट आयोडिन नुनसहित फलफूल वितरण गरिन थालिएको गाउँपालिकाका सूचना अधिकारी हरिभक्त साउदले जानकारी दिए ।

पालिकाले उक्त कार्यक्रम लागू गरी पोषण खानेकुरा वितरण गर्न थालेपछि यहाँका सुत्केरी भएका आमा तथा उनीहरुका घरपरिवार निकै खुशी भएका छन् । जिल्लामा उपाध्यक्ष कोसेली कार्यक्रम सञ्चालन गर्ने पूर्वीचौकी पहिलो स्थानीय तह भएको पालिकाको दाबी छ ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  ८ : ५५ बजे

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

सिरहा– अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने

बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतिक्षा गर्नुस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक : प्रधानमन्त्री

काठमाडौ– प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबै