२ घण्टापछि सञ्चालनमा आयो नेपाल टेलिकमको मोबाइल नेटवर्क « Khabarhub

२ घण्टापछि सञ्चालनमा आयो नेपाल टेलिकमको मोबाइल नेटवर्क


९ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– झण्डै २ घण्टापछि नेपाल टेलिकमको मोबाइल नेटवर्क सञ्चालनमा आएको छ ।

आज बिहान २ घण्टासम्म नेपाल टेलिकमको पोस्टपेड र प्रीपेड दुवै सीममा फोन लागेको थिएन ।

नेपाल टेलिकमले प्राविधिक समस्याले नेटवर्कमा समस्या देखिएको जनाउँदै अहिले समस्या समाधान भएको जानकारी दिएको छ ।

एचएलआर नेटवर्कमा समस्या आएको र प्राविधिक टिमले सो समस्या समाधान गरिसकेको नेपाल टेलिकमका प्रबनध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए ।

बिहानैदेखि फोन नलाग्नुका साथै एसएमएस पनि डेलिभर भएको थिएन् । मोबाइलमा फोन गर्दा ‘कल इण्ड’ भएको देखाउँथ्यो ।

पोस्टपेड र प्रिपेड नम्बरमा फोन नलागे पनि एनटीसीको सीमबाट एनसेलमा भने फोन लागेको थियो ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  ८ : ३८ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु