अस्ट्रेलियाली रक्षामन्त्रीले भने– चीनको बेल्ड एण्ड रोड परियोजना प्रोपगाण्डाको माध्यम हो « Khabarhub

अस्ट्रेलियाली रक्षामन्त्रीले भने– चीनको बेल्ड एण्ड रोड परियोजना प्रोपगाण्डाको माध्यम हो


९ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अस्ट्रेलियामा संघीय सरकारले चिनियाँ बेल्ट एण्ड रोड परियोजना (बीआरआइ)मा आबद्ध हुने भिक्टोरिया राज्यको निर्णय रद्ध गरेको छ ।

अस्ट्रेलिया संघीय सरकारले बीआरआई परियोजना चीनको प्रोपगाण्डाको माध्यम रहेको भन्दै त्यससँग आबद्ध हुने भिक्टोरिया राज्यको निर्णय रद्ध गरेको हो ।

एसिया र प्यासिफिक क्षेत्रमा चीनको भूरणनीतिक परियोजना बीआरआई अस्ट्रेलियाको विदेश नीतिसँग अमिल्दो रहेको भन्दै संघीय सरकारले भिक्टोरियाको निर्णय रद्ध गरेको हो ।

यो परियोजना चीनको प्रोपगाण्डा माध्यममात्र रहेको र त्यसमा आबद्ध हुन अनुमति दिन नसक्ने रक्षामन्त्री पेटर डटनले बताए ।

अस्ट्रेलिया सरकारको समस्या चिनियाँ जनतासँग नभएर चिनियाँ कम्युनिष्ट पार्टीको मर्म, मूल्य मान्यतासँग रहेको रक्षामन्त्री डटनले बताए । अस्ट्रेलियाले राष्ट्रिय चासोको रक्षा गर्ने भन्दै आफ्ना राज्यहरु र अन्य मुलुकबीचको सम्झौताहरु रद्ध गर्न सक्नेगरि गत वर्ष चीन लक्षित नयाँ शक्ति गठन गरेको छ।

अस्ट्रेलियाले चीनका लागि भूराजनीतिक तथा आर्थिक लाभको माध्यम बीआरआईलाई निशानामा पार्दै आएको छ । अस्ट्रेलियाको यो कदम अनुचित र उत्तेजक रहेको अस्ट्रेलियास्थित चिनियाँ दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अस्ट्रेलियाको यस्तो कदमले द्वीपक्षीय सम्बन्धमा क्षति हुने विज्ञप्तिमा उल्लेख छ । मानव अधिकार, व्यापार लगायत विभिन्न विषयमा अस्ट्रेलियाले चीनविरुद्ध आवाज उठाउँदै आएकाले दुई देशबीच सम्बन्ध खस्किँदै गएको छ । स्रोत : डेलीमेल

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  ९ : १९ बजे

उपचारका क्रममा सुर्खेतमा २० वर्षीय सुत्केरीको मृत्यु

कर्णाली– तिला गाउँपालिका-३ जुम्ला सार्कीबाडाकी २० वर्षीय अस्मिता नेपालीको उपचारका

ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने

काठमाडौं– काठमाडौँ महानगरपालिकाले खाना पकाउने ग्यास र सवारीसाधनमा प्रयोग हुने

जेन–जी मुभमेन्टद्वारा प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौं – जेन-जी मुभमेन्ट नेपालले भाद्र २३ र २४ गते

ललितपुर महानगरको अपाङ्गतामैत्री प्रशासनिक भवन सञ्चालन

पाटन– ललितपुर महानगरपालिकाको अपाङ्गतामैत्री अत्याधुनिक प्रशासनिक भवन सञ्चालनमा आएको छ