सजिउनको तरकारीका फाइदा « Khabarhub

सजिउनको तरकारीका फाइदा


९ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

तराईमा मुन्गा, सहजन नामले चिनिने तरकारी जसलाई सजिउन पनि भनिन्छ यो खादाँ निकै स्वादिलो हुन्छ । रुखमा फल्ने यो तरकारीको पात, फूल र फल सबैको तरकारी खाने गरीन्छ ।

चमत्कारी वनस्पतिको श्रेणीमा पर्ने सजिउनको निरन्तर सेवनले अन्धोपना नियन्त्रण सहित अन्य धेरै रोगमा लाभ पुग्ने देखिएको छ । सजिउन प्राकृतिक गुणले भरिपूर्ण हुन्छ । यसमा धेरै प्रकारको औषधीय गुण हुने भएकाले यसको सेवनले धेरै रोगबाट मुक्त हुन सहयोग मिल्छ ।

सजिउनमा भिटामिन ’ए’ र ’बी’ पर्याप्त मात्रामा पाइन्छ । साथै यसमा भिटामिन ’सी’ समेत पाइन्छ । यसमा फलाम, प्रोटिन, फाइबर, क्याल्सियम, फोस्फोरस एवं खनिज तत्व पनि प्रचूर मात्रामा पाइन्छ । सजिउनको नियमित सेवनले रक्तअल्पता र आँखाको रोगबाट आराम पाउन सकिन्छ ।

सजिउन हेमाग्लोविन बढाउनमा सहायक र एन्टिबायोटिकको गुणले युक्त हुन्छ । मुख्यतः पेट सम्बन्धी सबै प्रकारका विकार उपचारमा सजिउन निकै उपयुक्त मानिन्छ । यसले पाचन क्रियालाई बलियो बनाउँछ ।

सजिउनको नियमित सेवनले कपाल र्झन समस्याबाट पनि मुक्ति पाइन्छ । गठिया र मोटाइले पीडितहरूका लागि त यो अमृत जस्तै छ । यो वायु नाशक समेत हो । साथै सजिउन खानाले बोसो कम हुन्छ । बोसो कम हूँदा मोटाइ कम हुन्छ, गठिया निको हुन्छ ।

सजिउनको सेवनले पीडा नाशकको काम समेत गर्छ । यसले सुन्निएको कम गर्छ । यसलाई वीर्यवर्द्धक समेत मानिन्छ । आयुर्वेदले यसलाई नपुंसकताको उपचारमा प्रभावकारी मानेको छ । आयुर्वेदका धेरै औषधि तयार गर्न सजिउनको जरो, बोक्रा, फूल, बीउ र फल उपयोग गरिन्छ ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  १ : ४७ बजे

जावलाखेल युथले नेपाल पुलिस क्लबलाई हरायो

काठमाडौं– काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा जावलाखेल युथ क्लबले नेपाल

क्षितिज थेबेको चुनावी सभामा उपमहासचिव योगेश भट्टराई (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेका युवा उम्मेदवार क्षितिज थेबेको चुनावी प्रचारका क्रममा

देउवा सभापतिबाट हटेसँगै कर्ण मल्लसहितका नेताहरू कांग्रेसमै फर्किन तयार

डडेल्धुरा – शेरबहादुर देउवालाई विशेष महाधिवेशनमार्फत् गगनकुमाार थापाले सभापतिबाट बिदा

परिवर्तनको एजेन्डा बोकेर जनताको माझ आएका छौँ : कमल थापा

काठमाडौं– राप्रपाका नेता एवं काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार

बिमा प्राधिकरणको प्रवक्तामा निर्देशक ढुङ्गेल

काठमाडौं– नेपाल बीमा प्राधिकरणको प्रवक्तामा निर्देशक पूजन ढुङ्गेल अधिकारी तोकिएकी