२४ घण्टामा २ हजार ४२१ संक्रमित थपिए, ८१ जनाको मृत्यु | Khabarhub Khabarhub

२४ घण्टामा २ हजार ४२१ संक्रमित थपिए, ८१ जनाको मृत्यु


९ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ७ हजार ४६१ जनाको पीसीआर परीक्षणबाट १ हजार ५११ र ४ हजार ९५३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९१० जना गरी  २ हजार ४२१   जना कोरोना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा थप ८१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट ३ हजार ५५८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

कहाँ कति थपिए ?

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ४, उदयपुरमा १०, ओखलढुंगामा २, खोटाङमा ४,  झापामा १२०, ताप्लेजुङमा ४, तेह्रथुम १, धनकुटामा ७, पाँचथर ३, भोजपुर १,  मोरङमा १७२,  र सुनसरी १७६ जनामा कोरोना भेटिएको छ।

यसैगरी प्रदेश २ को धनुषामा १९, पर्सामा ४,  बारामा ३, महोत्तरीमा ८, रौतहटमा २, सप्तरीमा १२, सर्लाहीमा ६ र सिरहामा ४ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ३४६ जनामा कोरोना भेटिएको छ। काभ्रेमा २०, चितवनमा ४२, दोलखामा ४, धादिङमा १०, नुवाकोटमा ७६, भक्तपुरमा ५७, मकवानपुरमा ४३, रसुवा ८, रामेछापमा १, ललितपुरमा ५४, र सिन्धुपाल्चोकमा ६ जनामा कोरोना पुष्टि भएको छ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा ७२, गोरखामा ५, तनहुँमा ५, नवलपरासी पूर्वमा २२, र स्याङजामा ५ जनामा कोरोना भेटिएको छ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ६, कपिलवस्तुमा १२, गुल्मीमा १, दाङमा १४, नवलपरासीमा १०, पाल्पामा ३,  बर्दियाका १, बाँकेमा १, रुपन्देहीमा २० र रोल्पामा २ जना छन्।

यस्तै, कर्णाली प्रदेशको जाजरकोटमा १ जुम्लामा ८, दैलेखमा १, डोल्पामा १, सल्यानमा १, हुम्लामा २ र  सुर्खेतमा ३१ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा ४, कञ्चनपुरमा ५, कैलालीमा २, डडेल्धुरामा ३ र डोटीमा ४  जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  ४ : ३८ बजे

रङ्गशालाको काम नभएपछि १० करोडभन्दा बढी रकम फिर्ता

चितवन – भरतपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाका लागि सङ्घीय

भूमि विधेयकमाथि संसदीय समितिमा छलफल सुरु

काठमाडौं – प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा ‘भूमिसम्बन्धी

राईजी, अख्तियारबाट राजीनामा दिनोस्

काठमाडौं– वाइड बडी घोटालासम्बन्धी फैसलाको पूर्णपाठमा विशेष अदालतले अख्तियार दुरुपयोग

गोसाइँकुण्डमा पौडि खेल्ने क्रममा दुई जना बेपत्ता

रसुवा – गोसाइँकुण्डमा पौडी खेल्ने क्रममा डुबेर दुई जना बेपत्ता

कंगोको उत्तरपूर्वी क्षेत्रमा विद्रोही आक्रमण, कम्तीमा ३५ जनाको मृत्यु

कंगो – कंगोको इटुरी प्रान्तको कोमान्डा नगरमा आइतबार राति भएको