राष्ट्रिय कविता महोत्सवमा भोजपुरकी कविता राई प्रथम | Khabarhub Khabarhub

राष्ट्रिय कविता महोत्सवमा भोजपुरकी कविता राई प्रथम


९ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय कविता महोत्सव २०७८ मा भोजपुरकी कविता राई प्रथम भएकी छन् । उनले ‘देशको नक्शा’ शीर्षकको कविता सुनाएकी थिइन् ।

नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित महोत्सवमा धादिङकी अमृता स्मृति द्वितीय भइन् । उनले ‘डढेलोपछि पनि वसन्त आउँछ’ शीर्षकको कविता प्रस्तुत गरेकी थिइन् ।

यस्तै, बर्दियाकी निरञ्जनाकुमारी चन्द (युगीन प्रतिध्वनि), ताप्लेजुङकी सविता बराल (आमा म आएँ अब) र नुवाकोटका प्रकाश सिलवाल (बोधिसत्वको खोप) तृतीय भए ।

प्रतियोगितामा प्रथम हुनेलाई रु ५० हजार, द्वितीयलाई रु ४० हजार र तृतीयलाई रु ३० – ३० हजार र सम्मानपत्रले पुरस्कृत गरिने छ ।

कार्यक्रमको प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले उद्घाटन गर्दै प्रज्ञा–प्रतिष्ठानको ६४ औँ वार्षिकोत्सव तथा कविता महोत्सवको दिन नेपालको वाङ्मय क्षेत्रको विशिष्ट दिन भएको र यो महाकवि लक्ष्मीप्रसाद देवकोटाका परिकल्पनामा युगकवि सिद्धिचरण श्रेष्ठबाट थालनी भएको बताए ।

कार्यक्रम संयोजक तथा प्राज्ञ परिषद् सदस्य प्रा डा हेमनाथ पौडेलले वर्तमानको यथार्थमा आधारित रहेर सन्देशमूलक रचना नै उत्कृष्ट हुने र कला पक्षलाई सशक्त बनाउनुपर्ने बताए । प्रतिष्ठानका सदस्य सचिव प्रा जगत्प्रसाद उपाध्यायले बन्दाबन्दी र निषेधाज्ञाका फुर्सदिलो समयमा साहित्यकार झनै राम्रा सिर्जना तयार गर्न सफल भएको बताए ।

प्रतिष्ठानका प्राज्ञसभा सदस्य तथा संञ्चार संयोजक शशी लुमुम्बुले महोत्सवमा ७६४ जनाले सहभागिता जनाएकामा अन्तिम प्रतियोगिताका लागि ४१ कविता छनोट गरिएकामा स्वदेश बाहिर रहेका आठ र देशका २० जिल्लाबाट प्रतियोगितामा सहभागिता जनाइएको जानकारी दिए ।

वार्षिकोत्सवका अवसरमा प्रज्ञा–प्रतिष्ठानका १५ कर्मचारीलाई जनही रु ३० हजारसहित दीर्घसेवा पदकबाट सम्मानित गरियो ।

सम्मानित हुनेमा राजेन्द्रकुमार शाही ठकुरी, उत्तमराज उपाध्याय, राजकुमार श्रेष्ठ, शिवकुमार चापागाईँ, विजयमानसिंह प्रधान, कर्णबहादुर कुमाल, बुद्धि तिमिल्सिना, राधा कार्की, पूर्णबहादुर श्रेष्ठ, रामकुमार बोहोरा, नानु सुवेदी, भगवती लामिछाने, मैयाँ महर्जन, नारायणप्रसाद अधिकारी र जमुना कुचीकार छन् ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  ६ : ०५ बजे

इरान र पाकिस्तानबाट हजारौँ अफगानी नागरिक स्वदेश फर्किए

काबुल– अफगानिस्तानको शरणार्थी समस्या समाधान उच्च आयोगले दिएको जानकारीअनुसार, एकै

केहीबेरमै जलमग्न काठमाडौंको चन्द्रमानसिंह मार्ग (तस्बिरहरू)  

काठमाडौं– काठमाडौं महानगरपालिका २५ नं वडाअन्तर्गत बाङ्गेमूढा थाहिथि चन्द्रमानसिंह मार्ग

गृहमन्त्रीले फेरि दोहोर्‍याए : ‘भिजिट भिसामा राजनीतिक प्रतिशोध साँधियो, मविरुद्ध षड्यतन्त्र गरियो’

काठमाडौं- गृहमन्त्री रमेश लेखकले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा भिजिट भिसा

कांग्रेसले भन्यो- ‘कुलिङ पिरियड’ व्यवस्थामा भएको छेडखानी क्षम्य हुँदैन

काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसले निजामती विधेयकको कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा

समाज रूपान्तरणमा महिला र पुरुष कलाकर्मीको भूमिका बराबरी छ : उपसभामुख राना

काठमाडौं– उपसभामुख इन्दिरा रानाले नेपालको सामाजिक रूपान्तरणमा महिला र पुरुष