निषेधाज्ञा उल्लंघन गर्ने २ हजार ४०४ वटा सवारी साधनमाथि कारबाही | Khabarhub Khabarhub

निषेधाज्ञा उल्लंघन गर्ने २ हजार ४०४ वटा सवारी साधनमाथि कारबाही


९ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञा उल्लंघन गर्ने २ हजार ४०४ वटा सवारी साधनमाथि प्रहरीले कारबाही गरेको छ ।

निषेधाज्ञा उल्लंघन गर्ने ६ सय १६ वटा गाडी र १ हजार ७ सय ८८ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको हो । नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको छ ।

साथै नयाँ भेरियन्ट सहितको कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा १ सय ८९ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ ।

कार्यक्रम अन्तर्गत हालसम्म जम्मा ४ लाख ५८ हजार ३ सय ७९ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ ।

कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने १ सय ८६ जनालाई कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा १८ हजार ६ सय रुपैयाँ जरिवाना गरिएको छ । सो क्रममा २ हजार ३ सय १४ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ । साथै देशभर सञ्चालित माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको ६३ वटा सचेतनामूलक कार्यक्रम अन्तर्गत ४ हजार ८ सय ४१ जनालाई सचेत गराइएको छ ।

निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरूसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तीब्रता दिएको छ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  ८ : ०१ बजे

शंखमूलमा भएको आगलागी नियन्त्रणमा 

काठमाडौं– काठमाडौंको शंखमुलमा ग्यास सिलिन्डर पड्किएर भएको आगलागी नियन्त्रणमा आएको

लगानी सम्मेलन : भारत र मलेसियाका निजी क्षेत्रसँग दुई सम्झौतामा हस्ताक्षर

काठमाडौं- काठमाडौंमा आइतबार सुरु भएको तेस्रो लगानी सम्मेलनमा निजी क्षेत्रबीच

शंखमु्लमा ग्यास सिलिन्डर पड्किएर आगलागी

काठमाडौं- काठमाडौंको शंखमुलस्थित एक पसलमा आगलागी भएको छ । शंखमुलस्थित

महोत्तरीका आगलागी पीडितहरूलाई राहत वितरण

महोत्तरी– महोत्तरी जिल्ला मटिहानी नगरपालिका-६ जरलहवा गाँउ बस्तीमा आगलागीबाट प्रभावित

कुशल भुर्तेलले नै दिलाए नेपाललाई चौथो सफलता

काठमाडौं– वेस्ट इन्डिज ए विरुद्ध नेपालले चौथो  सफलता हासिल गरेको