जाँदा जाँदै लागू औषध नियन्त्रण ब्यूरो प्रमुख चौधरीले भने- म माथि अन्याय भयो  | Khabarhub Khabarhub

जाँदा जाँदै लागू औषध नियन्त्रण ब्यूरो प्रमुख चौधरीले भने- म माथि अन्याय भयो 


९ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  ५५ वर्षे उमेर हदका कारण बुधबार अवकास पाएका नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरो प्रमुख एसएसपी दिलिप चौधरीले आफूमाथि अन्याय भएको बताएका छन् ।

लागू औषध नियन्त्रण व्यूरोले मिति २०७७ बैशाख १७ देखि २०७८ असार ९ गतेसम्म गरेका महत्वपूर्ण उपलब्धीहरु सार्वजनिक गर्दै उनले आफूलाई डिआइजी हुनबाट संगठन र राज्यले बञ्चित गरेको बताए ।

 उनले आफू एसपी हुँदा १ नम्बरमा भए पनि डिआइजी हुनबाट संगठन र राज्यबाट चलखेल भएको बताए । उनले आफ्नो बढुवा माथिल्लो निकायबाटै रोकिएको बताउँदै २०७४ मा भएको निर्वाचनको कुरालाई लिएर विभेद भएको आफूले जानकारी पाएको सुनाए ।

निर्वाचनमा आफूले कसैलाई काखा र कसैलाई पाखा नगरेको जिकिर गर्दै नखाएको विष लागेको तर्क गरे । एसएसपी चौधरीले आफू लागू औषध ब्यूरो प्रमुख भएदेखि गरेका कार्यहरुको समेत संक्षिप्त जानकारी दिए ।

गत तीन वर्षको अनुपातमा लागू औषध सम्बन्धी मुद्दामा कमी आएको समेत बताए । उनले यो वर्ष ६५ वटा मुद्दा दर्ता भएकोमा पक्राउ पर्नेमा पुरुषको संख्या बढेको र महिलाको संख्यामा कमी आएको जानकारी दिए ।

त्यस्तै गाजाँ बरामदको संख्या घटेको भए पनि खैरो हिरोइन कारोबारी गर्नेको संख्या बढेको बताए । उनले नेपाल भरी लागू औषध सम्बन्धी मुद्दा दर्ता संख्या ३० हजार ९ सय ७३ रहेको र लागू औषधको ब्यूरोले मात्रै दर्ता गरेको मुद्दा ३ सय ५० वटा रहेको जानकारी दिए ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  ७ : १४ बजे

झापामा करेन्ट लागेर एक युवकको मृत्यु

बनियानी – झापाको हल्दिबारी गाउँपालिकामा करेन्ट लागेर एक युवाको मृत्यु

बारा ट्राफिक प्रहरीद्वारा दुई करोड राजस्व सङ्कलन

बारा – जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढ, बाराले आर्थिक वर्ष

युक्रेनमा रुसद्वारा ड्रोन आक्रमण, पाँच जनाको मृत्यु

किभ – युक्रेनमा रुसद्वारा गरिएको नयाँ गोलाबारी र ड्रोन आक्रमणमा

सुडानको एल–फाशेरमा कुपोषणका कारण एक सातामा ६३ जनाको मृत्यु

पोर्ट सुडान – सुडानको घेराबन्दीमा परेको एल–फाशेर नामक सहरमा कुपोषणका

खोटाङको सापातेलमा चिहानबाट शव निकालेर अनुसन्धान गर्दै प्रहरी

खोटाङ – दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बुस्थित सापातेलमा स्थानीय गोविन्द बस्नेतका