अप्रत्याशित रुपमा मोबाइल सेवा अवरुद्ध भएकोमा टेलिकमले माग्यो माफी « Khabarhub

अप्रत्याशित रुपमा मोबाइल सेवा अवरुद्ध भएकोमा टेलिकमले माग्यो माफी


९ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

​काठमाडौँ– नेपाल टेलिकमले आज बिहान जीएसएम मोबाइल सेवामा अप्रत्याशित समस्याका कारण सेवा अवरुद्ध भएकोमा त्यसबाट पर्न गएको असुविधाप्रति ग्राहक वर्गमा क्षमा मागेको छ ।

टेलिकमका प्रवक्ता राजेश जोशीले विज्ञप्ति निकाल्दै सेवा अवरुद्ध भएको करिब दुई घण्टामै सेवा सुचारु गर्न सफल भएको र त्यस अवधिसम्म ग्राहक वर्गमा पर्न गएको असुविधा प्रति क्षमा मागेका हुन् ।

टेलिकमले मुख्य रूपमा स्मार्ट फोन सेटहरूमा भ्वाइस सेवा अवरुद्ध हुन गएकोले समस्याको गहन विश्लेषण गर्ने कार्यलाई निरन्तरता दिइएको जनाएको छ ।

टेलिकमको जीएसएम मोबाइल सेवा आज बिहान ६ देखि ८ : १५ बजेसम्म अवरुद्ध हुँदा प्रयोगकर्ताले समस्या भोगेका थिए ।

​​​सो अवधिमा जिएसएम मोबाइलको टु जी, थ्री जी/फोर जी प्रविधिको डाटा सेवामा समस्या नदेखिएको, कम्पनीले हालै सञ्चालनमा ल्याएको भीओएलटीई मा समस्या नआएको र जीएसएम मोबाइलका केही फिचर फोन (साना नन् स्मार्ट फोन) मा समस्या नदेखिएको जानकारी प्राप्त भएको टेलिकमले जनाएको छ ।

हेर्नुहोस् विज्ञप्ति :

                                                                              प्रेस विज्ञप्ति

​​​
नेपाल टेलिकमको जीएसएम मोबाइल सेवामा आज बिहान ६ बजेदेखि आएको अप्रत्याशित समस्याका कारण सेवा अवरुद्ध भएको र जानकारी प्राप्त हुनासाथ समस्या समाधानका लागि कम्पनीले तत्काल श्रोत साधन परिचालन गरी बिहान ८ : १५ बजे सिस्टमलाई सुचारु गर्न सफल भएको छ । सेवा अवरुद्ध हुनुको प्राविधिक कारण पत्ता लगाउने कार्यको समानान्तर रुपमा सो समस्या निराकरण गर्ने कार्यलाई प्राथमिकतामा राखी समस्याको विश्लेषण गर्दै काम अगाडि बढाइएकाले करीब २ घण्टामै सेवा सुचारु गर्न सकिएको हो ।

सो अवधिमा जिएसएम मोबाइलको 2G, 3G / 4G प्रविधिको डाटा सेवामा समस्या नदेखिएको, कम्पनीले हालै सञ्चालनमा ल्याएको VoLTE (Voice Over LTE) मा समस्या नआएको र GSM मोबाइलका केही Feature Phone (साना non-smart phone) मा समस्या नदेखिएको जानकारी प्राप्त भएको छ । मुख्यतः स्मार्ट फोन सेटहरुमा भ्वाइस सेवा अवरुद्ध हुन गएकोले समस्याको गहन विश्लेषण गर्ने कार्यलाई निरन्तरता दिइएको छ ।

कम्पनीका सेवाहरु अवरुद्ध हुन नदिन प्रिभेन्टिभ मेन्टिनेन्स (Preventive Maintenance)का कार्यहरु गर्ने गरिएको भएतापनि समस्या आइहालेमा न्यूनतम समयमा सेवा सुचारु गर्न कम्पनी सधैं तत्पर रहिरहने विश्वास दिलाउन चाहन्छौं । कुनैपनि उपकरण र प्रविधिमा यदाकदा समस्या आउन सक्ने वास्तविकता नकार्न नसकिने भए तापनि यस अप्रत्याशित समस्याका कारण कम्पनीको सेवामा आएको अवरोधबाट ग्राहकवर्गलाई पर्न गएको असुविधाप्रति कम्पनी क्षमाप्रार्थी छ ।

राजेश जोशी
प्रवक्ता
नेपाल टेलिकम

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  ८ : ३४ बजे

मुख्यमन्त्री शाहले गरे मतदान

सुदूरपश्चिम-सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलाली निर्वाचन क्षेत्र नं २

कतारका समकक्षीसँग प्रधानमन्त्री कार्कीको संवाद, इरान युद्धको शान्तिपूर्ण निकास खोज्न आग्रह

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले कतारका प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेख मोहम्मद

बागलुङ–१ मा क्रियापुत्रीद्वारा मतदान

ढोरपाटन– यहाँको काठेखोला गाउँपालिका–३ धम्जामा क्रियापुत्रीले मतदान गरेका छन् । 

कोल्टन खानी दुर्घटनामा २०० को मृत्यु, विद्रोहीको अस्वीकार

एजेन्सी– पूर्वी कङ्गोको खनिज–सम्पन्न क्षेत्रमा रहेको प्रमुख कोल्टन खानीमा मंगलबार

दोलखाको एउटा मतदानस्थलबाट ५६ बुक मतपत्र लुटियो, मतदान पनि अनिश्चित

दोलाखा- दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर ४ स्थित मालुको गोल्मेश्वर