स्लोभाकियाविरुद्ध शानदार जितसहित स्पेन नकआउट चरणमा प्रवेश « Khabarhub

स्लोभाकियाविरुद्ध शानदार जितसहित स्पेन नकआउट चरणमा प्रवेश


९ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– १६ औँ संस्करणको युरोकप फुटबल अन्तर्गत आज राति भएको खेलमा स्पेनले शानदार जित हात पारेको छ ।

स्लोभाकियालाई ५-० गोल अन्तरले हराउँदै स्पेनले अन्तिम १६ मा स्थान बनाएको हो ।

स्पेनलाई जित दिलाउन एम्रिक लापोर्ट,पाब्लो सराबिया र फेरान टोरेसले एक एक गोल गरे । स्पेनले दुई गोल आत्मघाती उपहार पाएको थियो ।

खेलमा स्पेन पेनाल्टी गोल गर्नबाट भने चुकेको थियो । स्पेनले स्लोभाकियाका गोलकिपर मार्टिन डुब्राभ्काको आत्मघाती गोलबाट सुरुवाती अग्रता बनाएको थियो ।

खेलको ३० औं मिनेटमा मार्टिनले आत्मघाती गोल गरेका हुन् । स्पेनका पाब्लो सराबियाको प्रहार क्रसबारमा लाग्दै फर्किएको बल क्लियर गर्न्ने क्रममा मार्टिनले आफ्नै पोस्टमा गोल गरेका थिए ।

तर, पहिलो हाफको इन्जुरी समयमा एम्रिक लापोर्टले गोल गर्दै स्पेनलाई २-० को अग्रता दिलाए । स्पेनले दोस्रो हाफमा थप ३ गोल गर्न सफल भएको थियो ।

आज राति नै भएको अर्को खेलमा स्वीडेनले जित हात पारेको छ । उसले पोल्याण्डविरुद्ध ३-२ गोल अन्तरको जित हात पारेको हो ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  ११ : ४४ बजे

जाडोयाममा स्वास्थ्य सतर्कता अपनाउन मन्त्रालयको अपिल

काठमाडौं – जाडोयाम सुरु भएसँगै चिसो, कुहिरो, हिमपात लगायतका कारण

बन्दीपुर भ्रमण वर्षमा साढे छ लाख पर्यटक भित्रिए

तनहुँ – बन्दीपुर भ्रमण वर्ष २०२५ को अवसरमा बन्दीपुरमा छ

बुद्ध एयरका यात्रु अर्जुनधाराका मेयर भन्छन् : दुई जना भाइहरूले ढोका फुटाए, हाम्फालेर बाँच्यौँ

काठमाडौँ । शुक्रबार साँझ काठमाडौँबाट भद्रपुर झापा उडान भरेको बुद्ध

नगेन्द्र न्यौपानेको ‘दरबारको कानुन’ उपन्यास लोकार्पण

काठमाडौं । उपन्यासकार नगेन्द्र न्यौपानेको उपन्यास ‘दरबारको कानुन’ लोकार्पण गरिएको