स्लोभाकियाविरुद्ध शानदार जितसहित स्पेन नकआउट चरणमा प्रवेश « Khabarhub

स्लोभाकियाविरुद्ध शानदार जितसहित स्पेन नकआउट चरणमा प्रवेश


९ असार २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– १६ औँ संस्करणको युरोकप फुटबल अन्तर्गत आज राति भएको खेलमा स्पेनले शानदार जित हात पारेको छ ।

स्लोभाकियालाई ५-० गोल अन्तरले हराउँदै स्पेनले अन्तिम १६ मा स्थान बनाएको हो ।

स्पेनलाई जित दिलाउन एम्रिक लापोर्ट,पाब्लो सराबिया र फेरान टोरेसले एक एक गोल गरे । स्पेनले दुई गोल आत्मघाती उपहार पाएको थियो ।

खेलमा स्पेन पेनाल्टी गोल गर्नबाट भने चुकेको थियो । स्पेनले स्लोभाकियाका गोलकिपर मार्टिन डुब्राभ्काको आत्मघाती गोलबाट सुरुवाती अग्रता बनाएको थियो ।

खेलको ३० औं मिनेटमा मार्टिनले आत्मघाती गोल गरेका हुन् । स्पेनका पाब्लो सराबियाको प्रहार क्रसबारमा लाग्दै फर्किएको बल क्लियर गर्न्ने क्रममा मार्टिनले आफ्नै पोस्टमा गोल गरेका थिए ।

तर, पहिलो हाफको इन्जुरी समयमा एम्रिक लापोर्टले गोल गर्दै स्पेनलाई २-० को अग्रता दिलाए । स्पेनले दोस्रो हाफमा थप ३ गोल गर्न सफल भएको थियो ।

आज राति नै भएको अर्को खेलमा स्वीडेनले जित हात पारेको छ । उसले पोल्याण्डविरुद्ध ३-२ गोल अन्तरको जित हात पारेको हो ।

प्रकाशित मिति : ९ असार २०७८, बुधबार  ११ : ४४ बजे

यसपटक तोसिमाले अवसर नपाउने, निशाले सम्हाल्दै स्वास्थ्य मन्त्रालय

काठमाडौं- बालेन्द्र शाहले स्वास्थ्यमन्त्रीमा निशा मेहतालाई अगाडि सार्न लागेका छन्।

यस्तो बन्ने भयो बालेन सरकारको १५ सदस्यीय क्याबिनेट

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा

प्रतिभा रावलले सम्हाल्ने भइन् सामान्य प्रशासन मन्त्रालय

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टीकी सह-प्रवक्ता प्रतिभा रावललाई

कानुन मन्त्रालयको जिम्मेवारी सोबिता गौतमलाई दिइँदै

काठमाडौं- प्रधानमन्त्रीमा नियुक्त भइसकेका बालेन्द्र शाहले चितवन क्षेत्र नम्बर ३

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुन