गण्डकी सरकारले पूर्णता पाउँदै, जसपा असन्तुष्ट | Khabarhub Khabarhub

गण्डकी सरकारले पूर्णता पाउँदै, जसपा असन्तुष्ट

६ मन्त्रीलाई शपथ खुवाउने तयारी



पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकार गठन भएको ४२ दिनपछि आज मन्त्रिपरिषद्लाई पूर्णता दिँदैछन् ।

जेठ २९ गते मुख्यमन्त्रीको शपथ लिएका पोखरेलले मन्त्रिपरिषद्मा सामेल गरेका चार मन्त्रीलाई ३० दिनपछि मन्त्रालयको जिम्मेवारी दिएका थिए । आज थप ६ जनालाई मन्त्रिपरिषद्मा सामेल गरी मन्त्रालयलाई पूर्णता दिन लागेका हुन् ।

सत्ता साझेदार प्रमुख दल माओवादी केन्द्रले बिहीबार ३ जनाको नाम टुंग्याएपछि मुख्यमन्त्री पोखरेलले आफ्नो पार्टीबाट पनि थप ३ जनालाई समेटेर मन्त्रिपरिषद्लाई पूर्णता दिन लागेका छन् ।

माओवादी केन्द्रले कास्कीका रामजी बराल ‘जीवन’, बाग्लुङ्का चन्द्रबहादुर बुढा र स्याङ्जाका दीपक चर्तीमगरको नाम सिफारिस गरेको छ ।

माओवादीबाट सिफारिस पार्टी संसदीय दलका उपनेता बराललाई अर्थ, बुढालाई भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण र चर्तीमगरलाई वन, वातावरण तथा भू–संरक्षण मन्त्रालयको जिम्मेवारी दिइने भएको सरकारका प्रवक्ता एवम् शिक्षा तथा सामाजिक विकास मन्त्री कुमार खड्काले जानकारी दिए । माओवादी केन्द्रकी मधु अधिकारी गुरुङलाई भने यसअघि नै स्वास्थ्यमन्त्री बनाइसकिएको छ ।

जसपालाई एउटा मन्त्रालय

अर्थसहित दुई मन्त्रालय दिने सहमति गरेको जनता समाजवादी पार्टीले भने एउटा मन्त्रालयमै चित्त बुझाउनुपर्ने भएको छ । जसपाका हरिशरण आचार्यलाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री बनाइसकिएको छ ।

यसअघि अर्थमन्त्रालय नपाएको भन्दै असन्तुष्टी जनाएको जसपाले अर्को मन्त्रालयसमेत नपाएपछि रुष्ट बनेको छ । जसपालाई दुई मन्त्रालय दिनु हुँदैन भनी माओवादील षड्यन्त्र गरेको जसपा गण्डकी प्रदेश अध्यक्ष मोती रिजालले बताए । अहिलेसम्म छलफल टुंगिनसकेकोले आफूहरु अन्तिम पर्खाइमा रहेको उनले बताए ।

मुख्यमन्त्रीमा विश्वासको मत लिनुअघि पोखरेलले असार ४ गते २ सदस्य मात्रै रहेको जसपालाई अर्थसहित २ मन्त्रालय नै दिने भनी लिखित समझदारी गरेर असन्तुष्टी टालटुल गरेका थिए ।

११ सदस्यीय मन्त्रिपरिषद्मा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी नेपाली कांग्रेसका कुमार खड्काले सम्हालिसकेका छन् । खड्का सरकारका प्रवक्तासमेत छन् ।

कांग्रेसबाट बाग्लुङ्का सांसद मणिभद्र शर्मा कडेल र तनहुँका डोबाटे बिकलाई मन्त्री बनाउने तयारी गरिएको छ । ३ वटै मन्त्रीको टुंगो लगाउने जिम्मा मुख्यमन्त्रीको भएको प्रवक्ता खड्काले बताए ।

महिलाको प्रतिनिधित्व गरिएमा कांग्रेसबाट नवलपुरकी समानुपातिक सांसद ओमकला गौतमले पाउने सम्भावना रहेको स्रोतले बताएको छ । गोर्खाकी मनकुमारी गुरुङले पनि दावी छाडेकी छैनन् ।

कांग्रेस नेतृत्वको गठबन्धन सरकार गठनमा निर्णायक भूमिका खेलेका स्वतन्त्र सांसद दीपक मनाङेलाई यसअघि नै खेलकुद मन्त्रालयको जिम्मा पाइसकेका छन् । पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकारको अन्तिम अवस्थामा खेलकुद मन्त्री बनाइएका मनाङेले भौतिक मन्त्रालयको दाबी गर्दै आएका थिए ।

कांग्रेसबाट मन्त्रालय टुंग्याउन मुख्यमन्त्री पोखरेल बिहानैदेखि आन्तरिक छलफलमा छन् । आज दिउँसो १ बजे ६ जना मन्त्रीलाई शपथ खुवाउने कार्यक्रम तय गरिएको गण्डकी सरकारका प्रवक्ता खड्काले बताए ।

गण्डकीका मुख्यमन्त्री पोखरेलले जेठ २९ गते शपथ लिएसँगै सोही दिन अन्य ३ जनाले विनाविभागीय मन्त्रीको शपथ लिएका थिए । गठबन्धनमा किचलो भएकै कारण उनले असार ४ गते नै विश्वासको मत लिएका थिए ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ११ : १३ बजे

कुरास च्याम्पियनसिपका पदक विजेता खेलाडी स्वदेश फर्किए

काठमाडौं- प्रथम दक्षिण एसियाली कुरास च्याम्पियनसिपका पदक विजेता खेलाडीसहितको टोली

मोरङलाई हराउँदै भोजपुर गोल्डकपको अन्तिम ४ मा सिरहा

भोजपुरमा जारी सातौँ अन्तराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिताको क्वार्टर

विपिन जोशीको रिहाइमा थप पहल गर्ने कतारी राजाको आश्वासन

काठमाडौं- नेपाल भ्रमणमा रहेका कतारी अमिर (राजा) शेख तमिम बिनहमाद

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी

धार्मिक पर्यटकीयस्थलको गन्तव्य बन्दै जलेश्वरधाम

भद्रपुर– पूर्वको प्रसिद्ध धार्मिकस्थलको रुपमा परिचित अर्जुनधारा नगरपालिका–७ झापास्थित श्री