काबुलबाट व्यावसायिक उडानबाट उद्धार अभियान अघि बढाउने अमेरिकी घोषणा « Khabarhub

काबुलबाट व्यावसायिक उडानबाट उद्धार अभियान अघि बढाउने अमेरिकी घोषणा


७ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफगानिस्तानमा जारी उद्धार अभियानमा अब व्यावसायिक उडान गरिने अमेरिकाले घोषणा गरेको छ ।

उद्धार अभियानलाई थप तीव्र पार्नका लागि व्यावसायिक जहाजहरु पनि प्रयोग गरिने अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ ।

रक्षा मन्त्रालयका अनुसार १८ विमानलाई व्यावसायिक उडानका लागि स्वीकृति प्रदान गरिएको छ । युनाइटेड एअरलायन्सका चार, अमेरिकन एअरलायन्स, एटलस एअर, डेल्टा एअरलायन्स र ओम्नी एअरका तीन–तीन तथा हवाइयन एअरलायन्सका दुई विमानले अब उद्धारमा व्यावसायिक उडान गर्नेछन् ।

अफगानिस्तानमा अगस्ट १५ मा तालिबानले सत्ता कब्जा गरेपछि धमाधम विदेशीको उद्धार भइरहेको छ । कयौँ उद्धारको पर्खाइमा छन् ।  हजारौँ अफगानीहरु देश छोड्न चाहिरहदा उनीहरुले काबुल छाड्न पाएका छैनन् ।

काबुल विमानस्थल बाहिर हजारौँ मानिस भिडभाड गरिरहेका छन् । अहिलेसम्म भागदौड तथा गोली लागेर कम्तीमा २० जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  ९ : १० बजे

पर्सामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू

वीरगन्ज– जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

खेतमा पानी लगाउन गएका भण्डारीको करेन्ट लागेर मृत्यु

गुल्मी– स्थानीय धुर्कोट गाउँपालिका–५ का ऋषिराम भण्डारीको करेन्ट लागेर मृत्यु

बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाका राहत कार्यक्रम

काठमाडौँ– भोटेकोशी–त्रिशूली बाढी प्रभावित रसुवाको उत्तरगया गाउँपालिका–२ डाँडागाउँमा जोखिममा रहेका

इन्टरनेट मतदानका लागि प्रविधि र संस्थागत क्षमता सुदृढीकरणमा जोड

काठमाडौं– इन्टरनेट मतदान प्रणाली कार्यान्वयन गर्न प्रविधिगत तयारी, संस्थागत क्षमता

गगनसँगको छलफलपछि मिनेन्द्रले लिए उम्मेदवारी फिर्ता

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापासँगको छलफलपछि डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी