नेप्लिज फेसन होमको सहयोग « Khabarhub

नेप्लिज फेसन होमको सहयोग


७ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सौन्दर्य प्रतियोगिता ‘मिस नेवाः’ तथा यसको आयोजक संस्था नेप्लिज फेसन होमले भीनपा –२ दोलखा बालबालिकालाई खाद्यान्न र स्टेसनरी सामग्री सहयोग गरेका छन् ।

भीनपा –२ दोलखा बाल मन्दिरमा आश्रित बालबालिकाका लागि नेप्लिज फेसन होम काठमाडौंकी अध्यक्ष हेमा मान्नधरको आयोजनामा नेपाल क्योकुशिन–सेइसिन काइकान कराँते संघ, लायन्स क्लब अफ काठमाडौं टेम्पल भ्याली क्योकुशिन कराँते संघका अध्यक्ष अशोककुमार श्रेष्ठको विशेष सहयोगमा नेपाल बाल संगठन दोलखाका पुर्ब अध्यक्ष एबं बालमन्दिर दोलखाका विद्यालय व्यवस्थापन अध्यक्ष राकेश श्रेष्ठको अनुरोधलाई स्वीकार्दै ती सामग्री सहयोग गरिएको हो ।

नेपाल क्योकुशिन–सेइसिन काइकान कराँते संघका अध्यक्ष अशोककुमार श्रेष्ठ, ‘मिस नेवाः ११३९’ विजेता नितु डंगोल, ‘मिस नेवा ११४०’ विजेता कृषा महर्जन तथा उप–विजेता प्रिया तण्डुकार, ‘किड क्विन’ अपेक्षा शेरचन, समाजसेवी अनु उर्मिला शेरचनको सहयोगमा २५ बोरा चामल, १० थान टेबल, ४० थान चकटी, पुस्तक, स्टेशनरी, खेलकुद सामाग्री, पोर्टेबल लाईब्रेरी, एक जार थान मास्कलगायत बालमन्दिर दोलखा र गौरीशंकर बालगृह चरिकोटमा वितरण गरियो । कार्यक्रम पूर्व सञ्चार मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  ११ : ३० बजे

नेपाली क्रिकेट टोलीलाई आईसीसी टी–२० विश्वकप खेल्न बिदाइ

काठमाडौं– आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट

‘गाजामा बालबालिकालाई पढाइ सुनिश्चित गर्न सहयोग बढाऊँ’

एजेन्सी – संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले

मानसिक सन्तुलन गुमाएका युवकले गरे आफ्नै आमाको हत्या

भक्तपुर– मानसिक सन्तुलन गुमाएका मध्यपुरथिमि नगरपालिका–३ तेर्चाटारका २७ वर्षीय प्रवीण

गाजामा बालबालिकाको शिक्षा सुनिश्चित गर्न सहयोग बढाऊँ : संयुक्त राष्ट्र

संयुक्त राष्ट्र- संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले

काठमाडौं नगर पञ्चायतका पूर्वप्रधानपञ्च महर्जनको निधन

काठमाडौं– तत्कालीन काठमाडौँ नगर पञ्चायतका पूर्व प्रधानपञ्च रिनेन्द्रमान सिंह महर्जनको