जापानबाट आयो थप साढे ५ लाख डोज खोप « Khabarhub

जापानबाट आयो थप साढे ५ लाख डोज खोप


७ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जापान सरकारले नेपाललाई कोभ्याक्स कार्यक्रम अनुसार अनुदान दिएको कोरोनाविरुद्धको खोपको दोस्रो खेप सोमबार काठमाडौं आइपुगेको छ । काठमाडौंस्थित जापानी दूतावासले खोपको दोस्रो खेप सोमबार त्रिभुवन विमानस्थालमा आइपुगेको जानकारी दिएको छ । जापानी दूतावासका अधिकारीहरुले खोप स्थास्थ्य मन्त्रालयका अधिकारीहरुलाई हस्तान्तरण गरेका छन् ।

जापानले नेपाललाई अस्ट्राजेनेका खोप अनुदान सहयोग गरेको हो । जापानले नेपाललाई १६ लाख डोज खोप अनुदान दिने प्रतिवद्धता जनाएको थियो । सो अनुसार पहिलो खेप यसअघि नै आइसकेको छ। र सो खोप यसअघि कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएर दोस्रो मात्रा पर्खिरहेका ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई दिइएको छ ।

सोमबार आइपुगेको ५ लाख ५९ हजार ३६० डोज खोप पनि कोभिशिल्डको दोस्रो डोज पर्खेकाहरुलाई लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार अब प्रदेश नम्बर १ र २ मा यो खोप लगाइने छ ।

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  १ : १७ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब