कटरीना र विक्कीबीच खटपट « Khabarhub

कटरीना र विक्कीबीच खटपट


७ भाद्र २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– बलिउड अभिनेत्री कटरीना कैफ र उनका कथित प्रेमी विक्की कौशलको इन्गेजमेन्ट भएको खबरले केही समय अघि बलिउड बजार तातेको थियो । यद्यपि यो कुराको दुवैजनाले पुष्टि गरेनन् ।

यहीबीचमा उनीहरुबीचमा खटपट भएको नयाँ खबर बाहिर आएको छ । कटरीना फिल्म ‘टाइगर ३’को सुटिङका लागि विदेश उड्नुअघि दुवै पक्षबीच खटपट भएको खबर बाहिर आएको हो ।

‘विक्की र कटरीना दुवैजना इन्गेजमेन्टको खबरले चिन्तित थिए । उनीहरु दुवैलाई कसको पीआर टिमले गलत खबर बाहिर ल्यायो भन्नेमा चिन्ता छ । यही खबरका कारण उनीहरुबीच निकै खटपट भएको छ । उनीहरुको हातमा धेरै फिल्म भएकाले उनीहरु फिल्मको कुराहरु मिडियामा आओस् भन्न चाहन्छन्’, उनीहरु निकट स्रोतले भनेको छ ।

कटरीना गत साता सलमान खानसँग फिल्म ‘टाइगर ३’को सुटिङका लागि विदेश गएकी थिइन् । यशराज ब्यानरमा बन्ने यो फिल्म अलग अलग देशमा छायांकन हुनेछ ।

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  ३ : ३० बजे

अमरीश पुरीको खलनायकी स्टारडम : सरकारी सेवाबाट अभिनयमा फड्को

नेपालको पछिल्लो राजनीतिक अवस्थालाई लिएर सामाजिक सञ्जालमा बलिउड फिल्म ‘नायक’

स्वरोजगार प्रवर्द्धनका लागि २० उद्यमीलाई ल्यापटप वितरण

फिक्कल– स्थानीयस्तरमा उद्यमशीलता विकास गरी युवालाई स्वरोजगारतर्फ प्रेरित गर्ने उद्देश्यले

चार महिनापछि खुल्यो लहान नगरपालिकाको बैंक खाता

सिरहा– विगत चार महिनादेखि रोक्का रहेको लहान नगरपालिकाको बैंक खाता

पोखरा–मुग्लिन सडक : पश्चिम खण्डमा धमाधम काम हुँदै

गण्डकी– आगामी असारसम्ममा निर्माण सक्ने लक्ष्यसहित पोखरा–मुग्लिन सडकको पश्चिम खण्डको

वनमा आगो लगाएको कसुरमा अदालतमा मुद्दा दायर

त्रिशूली– सामुदायिक वनमा आगो लगाएको अभियोगमा डिभिजन वन कार्यालयले बिहीबार